nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हावाहु्रीले स्टल ढलेपछि मनहरी महोत्सव उद्घाटन हुन सकेन

Hawahuri-1485511767.jpg

पश्चिम मकवानपुरको मनहरीमा १४ माघमा उद्घाटन हुने भनिएको तेस्रो मनहरी महोत्सवको उद्घाटन हुन सकेन । उदघाटनको दिन १४ माघ बिहानैबाट पानी तथा हावाहुरीका कारण महोत्सव स्थलमा बनाइएको स्टहलहरु ढलेपछि उदघाटन नभएको आयोजक मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गोविन्द रिजालले बताए ।  

उद्घाटन तयारी सकेर उद्घाटनको संघारमा कार्यक्रम विथोलिएको हो । महोत्सवको उद्घाटन भोली गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय भैनसकेको उनको भनाई रहेको छ । अहिले पानी रेकिएको कारण नेपाल आर्मी, नेपाल प्रहरी, स्थानीयवासी तथा आयोजकको सक्रियतामा मञ्च तथा महोत्सवको लागि तयार पारिएको संरचना निर्माणको काम भैरहेको महोत्सव आयोजक संरक्षण समितिका प्रचार संयोजक शिवकुमार काशीले बताए । 

उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले महोत्सव उद्घाटन गर्ने तयारी भएको थियो । उद्घाटनका लागि ढकालको टोली मनहरी आई पुगेका थिए । महोत्सवमा २ सय स्टलहरु रहेको आयोजकले जनाएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)