nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हाम्रो भाका हाम्रो लोक संस्कृति प्रतिष्ठान नेपाल मकवानपुरको अध्यक्षमा लामा

Pratisthan-1505010380.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ मा भएको एक भेलाले हाम्रो भाका, हाम्रो लोक संस्कृति प्रतिष्ठान नेपाल जिल्ला समिति मकवानपुर गठन भएको छ । 

प्रतिष्ठानका केन्द्रीय महासचिव कृष्ण रानाभाटको प्रमुख आतिथ्य तथा थाहा–७ का वडा सदस्य दपेन्द्र कुमार थिङको अध्यक्षतामा कार्यक्रम भएको थियो । भेलाले १५ सदस्यीय जिल्ला समिति गठन गरेको हो । समितिको अध्यक्षमा  गौरव लामा चयन भएकाछन् । जिल्ला समितिको  उपाध्यक्ष सिम्पल सुमन थिङ, महिला उपाध्यक्ष रेशु सरगम, सचिव भीमसेन मोक्तान कोषाध्यक्ष बिनिषा थिङ तथा सदस्यहरुमा सुबास घलान, सञ्जय थिङ लगायतका  रहेका छन।

धनराम घलानले संचालन गरेको उक्त कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य सन्तोष दवाडी , धादिङ जिल्ला अध्यक्ष    रजनी सिन्तानको उपस्थिति रहेको        थियो । गाउँगाउँमा लुकेर रहेको प्रतिभाको खोजी र लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतिष्ठानको जिल्ला शाखाको गठन गरिएको नवगठित समितिका सचिव भीमसेन मोक्तानले बताए ।