Thursday, 27th August, 2026
वि.स.

सोलु अनलाइनका सम्पादकलाई रिहा गरियोस्ः फोनिज

Fonij-Logo-1479621503.jpg

 नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले सोलुखुम्बु अनलाइनका सञ्चालक तथा सम्पादक महेश रानामगरलाई तत्काल रिहा गर्न माग गरेको छ   ।

चितवनका जीवन थापा र जोयाका विषयमा समाचार लेखेको आरोपमा गिरफ्तार गरेर चितवन प्रहरी कार्यालयमा राखिएको भन्दै फोनिजका अध्यक्ष डण्ड गुरुङले रानामगरलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

गुरुङले विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘समाचार लेखेको विषयमा चित्त नबुझे कानूनी उपचार खोज्ने संवैधानिक हक हुँदाहुँदै एउटा कलमजीवी पत्रकारलाई हत्कडी लगाएर थुनामा राख्ने काम कदापि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हुन सक्दैन । अतः सम्पादक रानामगरको तत्काल रिहाइ गर्न र दोषीमाथि थप कारवाही गर्न हामी जोडदार माग गर्दछौं ।’



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif