nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सुन्दरीदेवीमा जनावरको चित्र दौड 

मकवानपुरको उत्तरी भेगमा पर्ने आग्राको सुन्दरीदेवी माविमा जनावरहरुको चित्र छनौट दौड खेल प्रतियोगिता सम्पन्न भएको छ । 
सक्रिय बालक्लवका सचिव श्रृजना ढकालको सभाध्यक्षता र .टियरफन्डको सहयोगमा सामुदायिक उर्जा तथा पर्यावरण विकास मंचले कार्यक्रमको व्यवस्थापन आयोजना गरेको हो । 
बाल क्लवको आयोजनामा अतिरिक्त क्रियाकलाप अन्तर्गत भएको दौड प्रतियोगितामा ६९ जनाले भाग लिएका थिए । जसमा कक्षा ४ र ५ बाट सुनिता थिंग, सुस्मिता गोले, देववहादुर गोले, मिलन गोले, कक्षा ६ र ७ बाट नर्मता गोले, सविता गोले, अमर वहादुर गोले, निरज थिंग, कक्षा ८ र ९ बाट सञ्जु वाइवा, निरु थिंग, सुरज मुक्तान र सविन गोले विजयता बनेका थिए । 
बाल कल्याण समाजका परियोजना सयोजक कुमार नेगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । शिक्षकहरु अजयप्रसाद यादव, दिपकराज वर्तौला, लखिन्द्र कुमार दास, धुमावती भण्डारी र कल्पना गोदार मूल्याङ्कनकर्ताको रुपमा रहेका थिए । 
विजेतहरुलाई प्रमुख अतिथि बाल कल्याण समाजका कुमार नेगीले टिका र पुरस्कार वितरण गरेका थिए भन्ने कार्यक्रम संचालक विद्यालयका प्रअ प्रतापसिंह गोले गरेको कार्यक्रम संयोजक बद्री पण्डितले जानकारी दिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)