nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सुनसरीका डाँगीलाई चौथौं राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसीपको उपाधि

हेटौंडामा आयोजित प्रेम बहादुर थापामगर स्मृति चौथौं राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसीपको उपाधि सुनसरीका १८०३ रेटेड मणिराज डाँगीले हात पारेका छन् । नेपाल बुद्धिचाल संघ र नेकोस मकवानपुरद्धारा संयुक्तरुपमा आयोजना गरेको प्रतियोगिताको उपाधि डाँगीले हात पारेका हुन् । उनले नगद ५० हजार हात पार्नुका साथ यहि अप्रिल १ देखि ९ तारिखसम्म इटालीमा हुने विश्व एमेच्योर चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधीत्व गर्नेछन् । 
२० माघमा सम्पन्न छैटौं खेलमा थापाथलीका सुमित पन्त दोश्रो र काठमाण्डौका नविन तण्डुकार तेश्रो भए । सुमितले नगद १५ हजार र नविनले साढे ७ हजार पुरस्कार प्राप्त गरे । 
हेटौँडामा संचालित प्रतियोगितामा काठमाण्डौका सुरज पण्डित चौथौं भए । त्यस्तै भक्तपुरका राज प्रजापति पाँचौं भए । उनीहरुले जनही नगद ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । 
प्रतियोगिताका विजयी तथा सहभागी खेलाडीहरुलाई नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठको  अध्यक्षतामा भएको कार्यक्रममा  प्रमुख अतिथि मकवानपुर क्षेत्र नं. ४ का सांसद राजाराम स्याङ्तान, नेपाल बुद्धिचाल संघका सचिव एवं कार्यक्रम संयोजक नेकोस मकवानपुरका अध्यक्ष धरम बहादुर लामा लगायतले ट्रफि, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरेका थिए ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)