Sunday, 21st June, 2026
वि.स.

सुनचाँदीको मुल्य बढ्यो

gold1-1620028886.jpg

नेपाली बजारमा सोमवार पनि सुनको मूल्य बढेको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतबार १०० ले बढेको सुनको भाउ सोमवार ४०० ले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९० हजार ४०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला ४०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ९०० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला ८९ हजार ५०० मा कारोबार भएको थियो ।

यस्तै, सोमवार चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतवार प्रतितोला १ हजार २९५ मा कारोबार भएको चाँदी सोमवार १ हजार ३०० खरीदविक्री भइरहेको छ । आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य ५ ले बढेको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०