nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सुगम पोखरेल साँझ तथा सम्मान कार्यक्रम

बडा दशैँ, तिहारको शुभकामनासहित लायन्स र लियोको क्षमता अभिबृद्धी गर्ने उदेश्यले हेटौंडामा गरिएको साँङ्गीतिक कार्यक्रममा हेटौंडेलीहरु छम्छमी नाचेका छन् । चर्चित गायक सुगम पोखरेल, नेपाल आईडलकी प्रतिष्पर्धी विद्या तिवारी, हेटौंडेली गायक अनराज तामाङ्ग, राहुल श्रेष्ठ लगाएतले गित गाएर हेटौंडेलीलाई नचाएका छन् ।

लायन्स क्लब अफ हेटौंडा सूर्योदय र लियो क्लव अफ मकवानपुर युथले आयोजना गरेको सुगम पोखरेल साँझ तथा सम्मान कार्यक्रम भएको हो । गायक पोखरेलले झिल्के, लखर लखर, कसम हो कसम, बर्षमा दिनमा लैलै, मेरो एउटा साथी छ लगाएतका गित गाएका थिए । कार्यक्रममा बिभिन्न गितमा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा २४ वटा लायन्स क्लब, ८ वटा लियो क्लबका संस्थापक अध्यक्ष एवम् लायन्सका क्षेत्रमा बिशिष्ट योगदान पु¥याएका १५ जनासहित ४७ जनालाई सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रम लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ बी २ का डिष्ट्रिक गर्भनर मधुसुदन शर्माको प्रमुख आतिथ्य, निबर्तमान डिष्ट्रिक गर्भनर घनश्याम भट्टराईको बिशेष आतिथ्य तथा लायन्स क्लब अफ हेटौंडा सूर्योदयका अध्यक्ष किशोरकुमार टण्डनको अध्यक्षतामा भएको थियो । कार्यक्रममा लायन्स क्लब अफ ईन्टीलेक्चुअलका अध्यक्ष गणेशकुमार श्रेष्ठ, लायन्स क्लब अफ हेटौंडा सिटीका राजेश मोहन प्रधान, लायन टाँसी डोल्मा तुम्बाहाङ्फे, लायन बिष्णुगोपाल महर्जन, लायन्स क्लब अफ हेटौंडा सूर्योदयका द्वितीय उपाध्यक्ष भीम भुजेल, लियो क्लव अफ मकवानपुर युथका अध्यक्ष सन्तोष शाह लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)