Wednesday, 26th August, 2026
वि.स.

सिमाङ्कनको विरोधमा नामटारमा चक्काजाम

Namtar-02-1478845680.jpg

मुलुककै पुरानो त्रिभुवनराजपथको नामटार खण्डमा स्थानीहरुले आज २६ कात्तिकमा सडक अवरुद्ध पारेका छन् । नामटार गाविस १, ३ र ४ नम्बर वडाबासीले पुर्नसंरचना आयोग जिल्ला प्राविधिक समिती मकवानपुरले गरेको निर्णयमा आफ्नो गाउँपालिकाको केन्द्र पायक नपरेको भन्दै चक्काजाम गरेका हुन् । 


आफ्नो गाविसको तीनवटा वडा थाहा नगरपालिका वा भिमफेदी गाउँपालिकामा गाभ्न पटक पटक राजनैतीक दल तथा प्राविधिक समितिलाई जानकारी गराएता पनि सुनुवाई नभएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको संयुक्त आन्दोलन परिचालन समितिका संयोजक कृष्ण बहादुर बम्जनले बताए ।


चक्काजाम आन्दोलनको शुरुवात मात्र भएको बताउँदै सुनुवाई नभए कडा आन्दोलन गर्ने स्थानीयको चेतावनी छ । त्रिभुवन राजपथको नामटार सडक सिमाना बाघमारादेखि सिमभञ्ज्याङसम्मका बासिन्दालाई प्रस्तावित केन्द्र कालिकाटारको कटुन्जे अहिले सेवा लिइरहेको स्थान भन्दा दोब्बर टाढा रहेको स्थानीय भरत रुम्बाले बताए । 


प्रस्तावित कालिकाटार केन्द्र कदापी स्वीकार्य नहुने नयाँ शक्ति नेपालका उदय हटुवालले बताए । उत्तरी क्षेत्रका मागको लागि राजनीतिक दल गम्भिर नभए सबै पार्टिका प्रतिनिधीले राजीनामा समेत दिन सक्ने समितिले जानकारी दिएको छ । 


फोटो: अनिल लामिछाने



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif