nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सिमपानी–देवकोट सामुदायिक वनमा कोइला उत्पादन

मनहरीस्थित एक सामुदायिक वन समूहले खेर गइरहेको झाडीबाट कोइला (चारकोल) उत्पादन सुरु गरेको छ । मनहरी ४ र ९ स्थित सिमपानी देवकोट संयुक्त सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा यस्तो कार्यक्रम सुरु गरिएको हो । कोइला उत्पादनको सुरुवात मकवानपुरका वन अधिकृत राजेन्द्र न्यौपानेले एक समारोहका बीच गरेका हुन् । 

जंगलमा खेर गइरहेको झाडीलाई जम्मा गर्दा वन गोडमेल पनि हुने र कोइला उत्पादन गरी बिक्री गर्दा आम्दानी समेत हुने भएकाले यस्तो कार्यक्रम अत्यन्तै प्रभावकारी हुने वन अधिकृत न्यौपानेले बताए । उनले नयाँ प्रविधि प्रयोग गरेर वन गोडमेल गर्ने र आर्थिक उपार्जन समेत गर्ने काममा महिलाहरुको बढी सक्रियता हुनुपर्ने बताए । 

सहभागीहरुजैविक उर्जा परियोजनाको सहयोग तथा कुशल व्यवसाय परामर्श तालिम केन्द्र प्रालिको समन्वयमा वन समूहले कोइला उत्पादन सुरु गरेको हो । प्रालिका मकवानपुर जिल्ला संयोजक माधव पौडेलले मिहेनत गरेर कोइला उत्पादन गर्न सके हरेक महिलाले मासिक १० हजार रुपियाँ कमाउन सक्ने बताए । 
खेर गइरहेका बनमारा लगायतका झाडीहरुलाई ठूलो टिनको भाँडोमा हालेर आगो बाली कोइला बनाउने प्रविधिको विकास गरिएको हो । निरन्तर ५ महिनासम्म कोइला उत्पादन हुने भएकाले सिमपानी देवकोट सामुदायिक वन उपभोक्ता समूहबाट मात्रै ५० टन कोइला उत्पादन हुने अनुमान गरिएको प्रालिका जिल्ला संयोजक पौडेलले बताए । कोइला विभिन्न धूप बनाउने कारखाना, ब्रिकेट उत्पादन कारखाना, फलाम कारखानामा बिक्री हुनेगरेको छ । 
कार्यक्रममा इलाका वन कार्यालय मनहरीका सहायक वन अधिकृत अरुण तिवारी, सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष एकराज उप्रेती, वर्तमान अध्यक्ष नारायण उप्रेती, जैविक उर्जा परियोजना मकवानपुरका अधिकृत बिहारीलाल चौधरी लगायतको सहभागिता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com