Monday, 3rd August, 2026
वि.स.

साना उद्योगबाटै ३९ लाखलाई रोजगारी

images-1785576357.jpg

स्थानीयस्तरका ७ लाख ५५ हजार ५ सय ६३ लघु, घरेलु तथा साना उद्योगबाट ३८ लाख ९६ हजार ८ सय ६२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०४६/४७ देखि २०८१/८२ सम्म प्राइभेट, साझेदारी र प्राइभेट लिमिटेड फर्मका रूपमा दर्ता भएका उद्योगले देशभर रोजगारी सिर्जनामा उल्लेखनीय योगदान दिएका हुन्।

आर्थिक वर्ष २०६४/६५ मा १७ लाख ६१ हजार ८ सय ६३ रहेकोमा ०८१/८२ मा आइपुग्दा ३८ लाख ९६ हजार ८ सय ६२ पुगेको थियो। १० वर्षको अवधिमा २१ लाख ३४ हजार ९ सय ९९ जना रोजगारी थपिएको छ। १० वर्षको अन्तरालमा सबैभन्दा धेरै ०७८/७९ मा २ लाख ४५ हजार ८ सय ८८ जना रोजगारी थपिएको थियो भने सबैभन्दा थोरै आर्थिक वर्ष ०७०/७१ मा १७ हजार ३८ जनाको मात्र रोजगारी सिर्जना भएको थियो।

विभागको तथ्यांकले लघु, घरेलु तथा साना उद्योग नेपाली अर्थतन्त्रको महŒवपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको देखाएको छ। ठूला उद्योगको पहुँच कम भएका ग्रामीण तथा दुर्गम क्षेत्रसम्म यस्ता उद्योग विस्तार हुँदा स्थानीयस्तरमै रोजगारी सिर्जना भएको छ। यसले वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटाउन, स्थानीय उत्पादन वृद्धि गर्न तथा गाउँमै उद्यमशीलता विकास गर्न सकारात्मक भूमिका खेलेको सरकारी अधिकारीहरूको भनाइ छ। तर नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले भने सरकारले वित्तीय सहजीकरण नगरेका कारण साना उद्योग खुल्ने क्रम कम हुँदै गइरहेको बताए।

उद्योग विभागका अनुसार लघु, घरेलु तथा साना उद्योगले रोजगारी सिर्जना मात्र नभई स्थानीय स्रोतसाधनको उपयोग, आयआर्जन वृद्धि, गरिबी न्यूनीकरण तथा समग्र आर्थिक गतिविधि विस्तारमा पनि महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। यस्ता उद्योगको उत्पादन क्षमता, प्रतिस्पर्धात्मकता र बजार पहुँच विस्तार गर्न सके देशको औद्योगिक विकासले थप गति लिने विश्वास गरिएको छ।

यसैगरी उद्योग विभागका निर्देशक प्रशान्त बोहोराले विभागले जिल्ला जिल्लाबाट आएको तथ्यांकलाई एकीकृत गरेको र यो तथ्यांक बढ्ने र घट्ने क्रम चलिरहने बताए। दर्ता भएका उद्योगमध्ये अधिकांश लघु तथा घरेलु प्रकृतिका छन्। 

कृषि तथा वनजन्य उत्पादनमा आधारित उद्योग, खाद्य प्रशोधन, हस्तकला, तयारी पोसाक, फर्निचर, निर्माण सामग्री, सेवा तथा अन्य उत्पादनमूलक उद्योगले ठूलो संख्यामा रोजगारी उपलब्ध गराइरहेका छन्। महिलाद्वारा सञ्चालित उद्योगको संख्या पनि पछिल्ला वर्षहरूमा क्रमशः बढ्दै गएको विभागको तथ्यांकले देखाएको छ।

विशेषगरी संघीयता कार्यान्वयनपछि स्थानीय तहमा उद्योग दर्ता र सञ्चालन प्रक्रिया सहज बन्दै जाँदा साना उद्यम खोल्ने क्रम बढेको छ। सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम तथा उद्यम प्रवद्र्धन कार्यक्रमले पनि उद्योग स्थापना गर्न थप प्रेरणा दिएको देखिन्छ। यद्यपि, कच्चा पदार्थको अभाव, बजार व्यवस्थापन, उत्पादन लागत वृद्धि, प्रविधिको सीमित प्रयोग तथा वित्तीय पहुँचजस्ता समस्या अझै पनि साना उद्योगका मुख्य चुनौतीका रूपमा रहेका छन्।

उद्योग विभागका अनुसार लघु, घरेलु तथा साना उद्योगले रोजगारी सिर्जना मात्र नभई स्थानीय स्रोतसाधनको उपयोग, आयआर्जन वृद्धि, गरिबी न्यूनीकरण तथा समग्र आर्थिक गतिविधि विस्तारमा पनि महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। यस्ता उद्योगको उत्पादन क्षमता, प्रतिस्पर्धात्मकता र बजार पहुँच विस्तार गर्न सके देशको औद्योगिक विकासले थप गति लिने विश्वास गरिएको छ।

सरकारले आगामी दिनमा साना तथा घरेलु उद्योगलाई प्रविधिमैत्री बनाउने, उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने, निर्यात प्रवद्र्धन गर्ने र वित्तीय पहुँच सहज बनाउने नीति अवलम्बन गरेमा यस्ता उद्योगबाट सिर्जना हुने रोजगारीको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ। उद्योग विभागको तथ्यांकले पनि लघु, घरेलु तथा साना उद्योग नेपालको रोजगारी र आर्थिक विकासको महŒवपूर्ण आधारस्तम्भका रूपमा स्थापित हुँदै गएको स्पष्ट संकेत गरेको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०







Thaha-002-1774415222.gif