Monday, 21st September, 2026
वि.स.

साउदी आइडी नवीकरणमा सहजीकरण गर्ने दूतावासको प्रतिबद्धता

SAUDI-1785302304.jpg

नेपालस्थित साउदी अरेबियाकाे दूतावासले साउदी आइडी नवीकरणमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष महेशकुमार बस्नेत र सचिव केदारनाथ अधिकारीको नेतृत्वमा मंगलबार भएको औपचारिक भेटघाटमा उक्त सहमति भएको संघले जनाएको छ ।

भेटपछि सचिव अधिकारीले साउदी आइडी नवीकरण गर्दा कुनै पनि प्रमाणपत्रहरूको एटेस्टेसन आवश्यक नपर्ने, भेरिफिकेसनका लागि सक्कल कम्पनीदर्ता प्रमाणपत्र र इजाजतपत्र अरु कागजातसँगै पेस गरे पुग्ने सहमति भएको जानकारी
दिए ।

त्यसैगरी सञ्चालक तथा कर्मचारीहरूको प्रहरी चालचलन रिपोर्ट कन्सुलर प्रमाणित 'माेफा' आवश्यक नपर्ने, नवीकरण प्रक्रिया सम्पन्न भएपछि सक्रिय नरहेका संस्थाहरूको स्थानमा नयाँ परिचयपत्र सहज रूपमा अन्य इच्छुक इजाजतवालाहरुलाई उपलब्ध गराइने सहमति भएको भन्दै दूतावासको चेकलिस्ट अनुसार परिचयपत्र नवीकरण निर्धारित समयसीमा भित्र नै गर्न आग्रह गरेको महासचिव हिराबहादुर डाँगी (हरि)ले बताए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०