Saturday, 12th September, 2026
वि.स.

सहिद स्मृति राष्ट्रिय फुटबलमा प्रतियोगिताको उपाधिका लागि दाफिन्स र आयोजक मकवानपुर–११ भिड्ने

हेटौंडामा भइरहेको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को उपाधिका लागि दाफिन्स र आयोजक मकवानपुर–११ भिड्ने भएको छ ।

हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई टाइब्रेकरमा पराजित गर्दै दाफिन्सले फाइनलमा आयोजकसँग भेट पक्का गरेको हो । दाफिन्सले थ्रीस्टारलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल १६ चैत शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा दश टोलीको सहभागिता रहेको थियो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०