nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सहिद स्मृति राष्ट्रिय फुटबलमा प्रतियोगिताको उपाधिका लागि दाफिन्स र आयोजक मकवानपुर–११ भिड्ने

हेटौंडामा भइरहेको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को उपाधिका लागि दाफिन्स र आयोजक मकवानपुर–११ भिड्ने भएको छ ।

हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई टाइब्रेकरमा पराजित गर्दै दाफिन्सले फाइनलमा आयोजकसँग भेट पक्का गरेको हो । दाफिन्सले थ्रीस्टारलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल १६ चैत शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा दश टोलीको सहभागिता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)