nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सहनशीलता भनेको के हो ? मेरो जवाफ-नारी !
सिम्रन खड्का

साच्चै नारी अनेकौं रुप को एक रुप हो नारी अनि सहनशीलताको खानी हो नारी । जसरी एउटा मैनबत्ती आफू पग्लिएर आफू जलेर अरु अरुलाई उज्यालोका रोशनीहरु छरेर सिदिन्छ त्यस्तै नारी पनि अरुलाई खुशी छर्दा छर्दै रितिन्छे र खोक्रो हुन्छे आफू मै र पनि त्यही खोक्रोपन अनि रित्तो पनमा नै आफ्नो खुशी देख्छे चाहे त्यो नारीको जुनसुकै रुप होस आमा श्रीमति बहिनी वा छोरी समर्पित गरिरहन्छे आफूलाई नारी धेरै दुख कष्ट अनि धेरै अफट्यारा परिस्थितिबाट गुर्जिरहन्छे बस अँध्यारो बाट उज्यालो तर्फ मोडिन ।

एउटा छोरीको रूपमा नारी आफ्नो घर आगन लाई सम्हालने बुबा आमाको साहारा बनेर दायित्व लिन्छे सहन्छे उस्ले छोरा र छोरीमा हुने विभेद अनि दबाइ दिन्छे आफ्नो अनेकौ बाल मस्तिष्कमा उब्जिएको इच्छा अनि चाहानाहरुलाई।

एउटा बहिनीको रुपमा नारी बाड्न सिक्छे आफ्नो भागमा आएका खुशीहरुलाई आफ्नो भाइ बहिनी को निमित्त त्यहा पनि मार्छे आफ्नो खुशीहरुलाई आफ्नो सानो भाइकोलाई त्यो बेला कति दुख लाग्छ होला उसलाई जब कि यति गर्दा पनि उसकै परिवारमा उसैको सानोभाइलाई जति स्थान वा दर्जा दिदैनन।

एउटा श्रीमतिको रुपमा नारी छोडेर आउछे आफ्नो परिवार लाई बालापनको यादलाई आफ्ना सारा लाई केबल एउटा अपरिचित व्यक्ति लाई आफ्नो मानेर उसैको जिन्दगीमा खुशी भर्न लाई त्यागिदेन्छे आफ्नो सारा सपनाहरू लाई अनि समर्पित गर्छे आफ्नो जिन्दगी आफ्नो परिवारलाई।

एउटा आमाको रूपमा नारी आमाको रुपमा त नारीको सहनशीलताको सिमा नै रहदैन र परिभाषित गर्नको लागि सायद शब्दकोशमा त्यस्तो शव्द नै भेटिदैन एउटा अपरिभाषित अव्यक्त अनेकौं रुप हो । आमा थाहा छैन कति कष्ट सहन्छ्न तर पनि फेरि धैर्य र मायाको खानीको रूपमा कहलिन्छिन आमा (नारी) नारी आफ्नो एउटा सानो भन्दा सानो इच्छाहरु लाई पनि दबाएर केबल अरुको खुशीको बारेमा सोचिरहन्छिन,नारी आफ्नो सपनाहरू लाई तिलान्जली दिन तयार हुन्छे, नारी आफ्ना हरेक सपनाहरुलाई कुल्चिएर हिड्न सक्छे तर आफ्नो जिम्मेवारीबाट कहिले पछि हट्दिन ।

तर फेरि पनि किन त्यही नारीको सहनशीलता लाई उसको कमजोरी बनाएर दुखाइरहन्छौ उसको मन ? तपाईं आफै सोच्नुस त यदि नारी भित्र धैर्यता  नहुदो होत के हुन्थ्योर ? त्यसैले जसरी एउटा नारीले अनेकौं रूपमा तपाईंलाई सम्मान,इज्जत ,कदर , माया, हौसला, प्रेरणा, साथ दिरहन्छे जुन तपाईलाई आवश्यक छ। त्यसरी नै उसलाई पनि यी कुराहरु को आवश्यक छैन ?