nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सहकारी नै विकासको खम्बा- बिष्ट

sahayogi-1515893493.jpg

‘सहकारी भनेको मुलुक बिकासको तेस्रो खम्बा भएको र सबै नागरिक धनि भयो भने मात्र राज्य धनि र समृद्ध हुन्छ’ नगरप्रमुख लबसेर बिष्टले बताएकाछन् । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औ बार्षिक साधारण सभामाको अवसरमा सञ्चालन भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लबसेर बिष्टले यस्तो बताएका हुन् । संस्थाका अध्यक्ष अञ्जल प्रधानको सभाध्यक्षतामा भएको कार्यक्रममा बोल्दै थाहा नगरका नगरप्रमुख बिष्टले दिगो बिकासको निम्ति सहकारीहरुले ध्यान दिनु पर्ने बताए ।  

उहाले सम्पुर्ण आमा बुबाहरुको परिकल्पना अनुसार सहकारी, नगरपालिका र सरकार मिलेर सित भण्डार निर्माण गर्ने प्रयासमा रहेको र कृषि सहकारी मन्त्रालयबाट ५० लाख रुपैया बिउ पुजीको रुपमा प्राप्त भएको समेत जानकारी गराए । 

सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत ४ करोड १० लाख  ४५ हजार ७ सय  ७६ रुपैया ५२ पैसा पुगेको छ । संस्थाको आज भएको कार्यक्रमबाट कोषध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष अशोक श्रेष्ठले संस्थाको बचत ४ करोड १० लाख  ४५ हजार  ७ सय  ७६ रुपैया ५२ पैसा भएको जानकारी गराउनु भएको छ । यस्तै सेयर पुजी तर्फ ७३ लाख ५० हजार  ८ सय पुगेको छ र ऋण लगानी ४ करोड ४५ लाख ९२ हजार  ८ सय ९५ रुपैया रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने  ६ जनालाई पुरस्कृत समेत गरिएको छ जसमा प्रतिमा श्रेष्ठ, सरोज मुनी शाक्य, मिनादेबी, निशा श्रेष्ठ, स्वणिमा प्रधान र पार्वती रायमाझीलाइ प्रमाण पत्रसहित खादा ओढाएर सम्मान तथा पुरस्कृत गरेको हो । 

कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै गौतम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष उर्मिला भट्टले ऋण लिएका ऋणीहरुले इमान्दारीताको साथमाभाका ननाघ्नेगरी किस्ता तिर्ने भने सहकारी संस्थाहरु अघि बढ्न  निक्कै नैसहज हुने बताए ।  यस्तै शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मदुसुदन बिष्टले पनि शुभकामना मन्तब्य मार्फत सहकारी र भकारी दुबै राम्रो शब्द भएको बताए । अभाव, आपत तथा समस्या जस्ता कुरामा सहकारी र भकारी दुबैले सहयोग पुर्याउने भएका कारण सहकारी र भकारी दुबैराम्रो शब्द भएको बताएका हुन् । । त्यसै गरी जनकल्याण माद्यामिक बिध्यालयका अध्यक्ष राजिव कुमार स्याङ्तानले किसान वर्गलाइ माथि उकास्नका लागि प्रत्यम सहकारीको भुमिका गहन हुने भन्दै जती पनि सहकारीहरु सञ्चालनमा रहे पनि सहकारीहरु बिच एकता भने नभएको माध्यानाकर्षण समेत गराए , कार्यक्रममा  शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मदुसुदन बिष्ट, गौतम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष उर्मिला भट्ट, लालिगुरास बहुद्धेश्यिय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष राजन प्रधान, जनकल्याण माद्यामिक बिध्यालयका अध्यक्ष राजिव कुमार स्याङ्तान, झम्केश्वरी माद्यामिक बिध्यालयका प्रद्यानाध्यापक उद्धव आचार्य, पालुङ भ्याली हार्ट एकेडेमीमा अध्यक्ष भरत गोपाली, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकका प्रमुख तथा भ्वाइस नेपालका अभ्यक्ष राजेश श्रेष्ठ, इलाका हुलाक कार्यालयका प्रतिनिधि करुणा पौडेल, मोबाइल एसोसिएसन उत्तरी क्षेत्रका अध्यक्ष बिजय मल्ल, संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु,ब्यवस्थापक मोहनमान श्रेष्ठलगायत बिभिन्न संघ संस्थाका प्रमुख तथा  प्रतिनिधि तथा सञ्चारकर्मीहरुको आतिथ्यता रहेको थियो ।

मञ्जरी बलामी/थाहानगर



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)