Wednesday, 26th August, 2026
वि.स.

सहकारीद्वारा जनप्रतिनिधी सम्मानित

मकवानपुर गढी गाउँपालिका–५, आमभञ्ज्याङ्गमा रहेको महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाले नव निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ ।

कार्यक्रममा गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाँई, सदस्यहरु निर्मला बिक, उषा परियार, वडा नम्बर ५ का सदस्यहरु सुकराम थिङ्ग, हिराबहादुर दोङ लगाएतलाई खादा ओडाएर सम्मान गरिएको हो । कार्यक्रममै बिजया दशमी, दीपावलीको शुभकामना आदनप्रदान पनि गरिएको थियो ।

कार्यक्रम मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाँईको प्रमुख आतिथ्य तथा सहकारीकी अध्यक्ष सुलोचना स्याङ्गतानको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहकारीका सञ्चालक समिति, लेखा, शिक्षा लगाएतका उपसमितिका पदाधिकारीहरुको सहभागिता रहेको व्यबस्थापक मेनुका कुमारी न्यौपानेले बताईन् ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif