nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सर्वोच्चले भन्यो–‘चन्द्रागिरिमा वातावरण संरक्षण गरेर मात्र संरचना निर्माण गर’ 

काठमाण्डौ र मकवानपुरको सीमानामा रहको चन्द्रागिरिमा वातावरण संरक्षण गरेर मात्र कुनै पनि भौतिक संरचना निर्माण गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले ४ फागुनमा वातावरण संरक्षणका लागि नियमित अनुगमन गर्नसमेत सरकारलाई आदेश दिएको छ । 

अधिवक्ता दीपकविक्रम मिश्रले चन्द्रगिरिमा केबलकार, होटललगायतका संरचना निर्माण गर्दा वातावरणीय विनाश भइरहेको भन्दै त्यसलाई रोक्न माग राखी सर्वोच्चमा रिट दायर गरेका थिए ।