nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

समयमा नै दोस्रो डोज खोप नपाए के हुन्छ ?

khop-1621231254.jpg

अहिले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर चलिरहेको छ । साथै कोरोना संक्रमणबाट बच्न अहिले कोरोना खोप अभियान पनि सञ्चालन भइरहेको छ ।

यस्तोमा केही मानिसलाई दोस्रो डोज कहिले पाउने हो भन्ने चिन्ता छ भने केहीलाई अब कहिले खोप लगाउन पाउने हो भन्ने चिन्ता छ ।

कोरोना खोपबाट उब्जिएका केही प्रश्न र त्यसको उत्तर दिने प्रयास यहाँ गरिएको छ –

१. पहिलो डोज लिएपछि संक्रमित भए के गर्ने ?

कोरोना खोपको पहिलो डोज लिएपछि पुनः कोरोनाबाट संक्रमित भएको अवस्थामा पनि दोस्रो डोज खोप लिन सकिन्छ । सामान्य अवस्था भन्दा यो अवस्थामा केही शर्तहरु फरक छन् । भारतीय समाचार पोर्टल न्युज १८ ले उल्लेख गरेअनुसार भारतमा भने यस्तो अवस्थामा दोस्रो डोज लिन कोरोनाको सबै लक्षण देखिन छाडेको २ देखि ४ साता भएको हुनुपर्छ ।

२. समयमा नै दोस्रो डोज खोप नपाए के हुन्छ ?

कोरोना महामारी विश्वभर फैलिएको कारण खोपको माग पनि अत्यधिक छ । यस्तोमा समयमा नै दोस्रो डोज कोरोना खोप नपाउने हो कि भन्ने आशंका अहिले मानिसहरुमा छ ।

भारतीय समाचार पोर्टल इन्डियन एक्सप्रेसका अनुसार सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्ड खोपको दोस्रो डोज १२ साताको अन्तरमा लगाउँदा यो खोप ८१.३ प्रतिशत प्रभावकारी पाइएको थियो भने यो अन्तर ६ सातामा झार्दा प्रभावकारिता केवल ५५.१ प्रतिशत पाइएको थियो । यो तथ्यांकले यो खोपको दोस्रो डोज लिने अन्तर जति धेरै हुन्छ प्रभावकारिता त्यति धेरै हुन सक्ने डाक्टरहरु बताउँछन् ।

यद्यपि कोरोना खोप आएको धेरै लामो समय नभएकाले खोप लामो समयको अन्तरमा लिँदा कस्तो प्रभाव पर्छ भन्ने अध्ययन भएको छैन । खोप लगाउने अन्तर लामो राख्दा पहिलो डोज खोप लिइसकेका मानिस संक्रमित हुने जोखिम हुन्छ भने दोस्रो डोज खोप लिन बिर्सिने समस्या पनि हुन सक्छ । खोपको पहिलो डोजले पनि कोरोना संक्रमणविरुद्ध केही सुरक्षा दिने भए पनि दोस्रो डोज लिएपछि मात्र यसको पूर्णरुपमा उक्त खोप प्रभावकारी हुन्छ ।

भारतका स्वास्थ्य विशेषज्ञहरुले कोभिसिल्ड खोपको दोस्रो डोज लिने अवधि १२ देखि १६ साताको बीचमा राख्न सिफारिस गरेका छन् । गत फेब्रुअरीमा प्रसिद्ध मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित प्रतिवेदनमा कोभिसिल्डको दोस्रो डोज लगाउने अवधि १२ साता वा सोभन्दा धेरै राख्दा यसको प्रभावकारिता २६ प्रतिशत बढ्न सक्ने उल्लेख गरिएको थियो ।

३. कोरोना संक्रमितले खोप लिने कि नलिने ?

तपाईं कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमित भइसक्नु भएको छ भने तपाइँका लागि कोरोना खोपको लागि धेरै हतार गर्नु नपर्ने वैज्ञानिकहरु बताउँछन् । कोरोना संक्रमणबाट मुक्त भएपछि हाम्रो शरीरमा बनेको एन्टिबडी कम्तीमा ३ महिनासम्म रहने र यसरी विकास भएको एन्टिबडीले खोपले भन्दा राम्रो सुरक्षा दिने वैज्ञानिकहरु बताउँछन् ।

यद्यपि विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले भने यस किसिमको एन्टिबडी कति लामो समयसम्म रहन्छ भन्ने थाहा नभएकाले संक्रमण निको भएपछि कोरोना खोप लगाउनु उत्तम हुने बताएको छ ।

४. पूर्ण डोज खोपको लिएपछि मापदण्ड पालना गर्नुपर्छ कि पर्दैन ?

डब्ल्यूएचओकाअनुसार खोपले मानिसलाई कोरोनाको गम्भीर लक्षण देखिन र मृत्युबाट बचाउँछ । खोप लगाएको दुई सातासम्म उल्लेख्य मात्रामा कोरोनाबाट बच्ने सुरक्षा प्रदान गर्न सक्दैन ।

यद्यपि अझै पनि खोप लगाएको मानिस पनि कोरोनाबाट संक्रमित हुन र अरुलाई संक्रमण सार्न भने सक्छ । त्यसैले भौतिक दूरी कायम राख्ने, मास्क लगाउने, बेलाबेलामा हात धुनेजस्ता स्वास्थ्य मापदण्ड भने पालना गर्नु जरुरी हुने डब्ल्यूएचओले बताएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)