nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सन्दर्भ प्रेम दिवस: त्यो अमर माया सम्झँदा

के आजको जवानामा साचो माया छ ? या छैन ? के सबैले गर्ने माया झुटो छ ? के आमा बुवाले गर्ने माया पनि साचो छैन??
वास्तमा प्रेमको अलग अलग स्तर छ, 
एक पे्रम जुन भगवान र भक्तको जस्लाइ भक्ती भन्छौ,
एक प्रेम गुरु र शिष्यको जस्लाई स्रदा भन्छौ,
एक प्रेम बुवा आमा र छोरा छोरी बिचको जस्लाई ममता भन्छौ,
र यो बाहेकको प्रेमको स्तर र मान्यता समय सगै बद्लिरहन्छ न निष्क्रीय न त उतारचढाव नै।
यो सबैमा पे्रम छ हामि भन्छौ तर हुन पनि सक्छ नहुन पनि, 
जस्तै पति पत्नि बिचमा प्रेम हुन नि सक्छ नहुन पनि, एक प्रेमी प्रेमिका बिचमा प्रेम हुन नि सक्छ नहुन पनि, दुई घनिष्ट भनिएका मित्र बिचमा पनि प्रेम हुन नि सक्छ नहुन पनि, र यो सब प्रेममा न त गहिराहि हुन्छ न त उचाइ नै । यस्मा सबैको भावाना बद्लिरहन्छ हेनुस् त हिजो सम्म ज्यान भन्दा नि बढि प्यारो र माया लाग्ने मान्छे आज उस्को अनुहार देख्दा पनि घृणा लाग्छ । वास्तविकतामा यो त प्रेम हैन यो त केहि समय चल्ने मनको भावाना हो जुन समय संगै जतिखेर पनि बद्लिन सक्छ । माया र प्रेमको कुरा त सबैले गर्छन तर वास्तवमा नै प्रेम निभाउन धेरै गाहे छ  । म तिमिलाइ धेरै माया गर्छु यो भन्नकति सजिलो छ तर यस्लाइ वास्तविकतामा उतार्न सक्ने हिम्मत सबैको बसमा कहाँ हुन्छ र ?

कुरा गर्दैमा के जान्छ र गफ त मान्छेले हरे कति लगाउछन् आकाशको तारा टिप्ने कुरा गर्छन् तिम्रो दुख सुखमा म नै साथ हुन्छु  भन्छन्, तर हुर्नुस् है जव दुख र विपतको बेला साथ दिने कुरा आउछ खै कहाँ जान्छन् सबै।

आउने जाने कुरा गर्छन, यहाँ मान्छे राम्रो संग हात मिलाउन जान्दैन् तर दिल मिलाउने कुरा गर्छन् । यहाँ हरेक मान्छे नक्कली छन् कोहि आफनो असली अनुहार  देखाउदैनन् मिठा मिठा कुरा गर्दै कतिखेर जालमा फसाउछन् पत्तो हुन्न। मान्छेले हरेक कुरामा आफुले आफैलाइ सहि सावित गर्ने कोसिस गर्छ सबैको अगाडि  म राम्रो बनु यो कोसिस गरिरहन्छ तर वास्तवमा आफुले आफुलाई सहि सावित गर्न ठुलो तागत चाहिन्छ ।कस्ले देखाउछ आफ्नो सच्चाइ आफ्नो मनमा हात राखेर आफैलाई सोध्नुस् त यदि तपाईको सच्चाइ त्यो मान्छेले पता लगायो भने जो तपाई संग बेहद प्रेम गर्छ अब उस्को मनमा के बित्छ आफुले आफुलाई सच्चा देखाउन धेरै मुस्किल छ ।जब हामी कोहि कसैको नजिक हुदै जान्छौ लाग्छ विस्तारै विस्तारै त्यो मान्छे बद्लिदैछ तर साचो कुरा त यो होकि अब उस्को त्यो झुठो नकाव उता¥यो उस्ले  ।तर हामीलाइ चाहि यो लाग्छ कि अब उ पहिले जस्तो छैन उस्को कुराहरु बद्लिराछ उस्ले पहिले जस्तो प्रेम गर्दैन सबै कुरा बद्लियो तर साचो कुरा अब उस्को स्वार्थ पुरा भयो ।अब जरुरत नै छैन उस्लाई तपाइको अघि राम्रो बनिरहन । अक्सर मिठो बोलेर आफनो स्वार्थ पुरा गर्नेहरु धेरै हुन्छन् ।

त्यसैले सावधान हुनु जरुरी छ आजको यो युगमा प्रेम भन्दा पनि प्रेमको नाममा आफ्ना स्वार्थ पुरा गर्ने धेरै भेटिन्छन ्। दुनिया भन्नलाई चाहि भन्छन् सिर्फ प्रेम भए पुग्छ तर के प्रेमको बद्लामा प्रेम चाहानु गलत कुरा होर? तर कोहि संग हाम्रोे सच्चै प्रेम छ भने हामी चाहु या नचाहु उ खुद आफैले प्रेम दिन्छ । यदि हामीले प्रेम माग्न पर्यो भने सम्झनुपर्छ त्यहाँ साचो प्रेम छैन र त्यस्तो सम्बन्धमा रहनुको कुनै तुक छैन । हामी जस्लाई प्रेम गर्छौ उस्लाई १०० वटा मेसेज गर्छौ १०० बार फोन गर्छाै तर उस्को लागी त्यस्को रिप्लाइ दिने समय नै हुदैन, तर एउटा कुरा के भने हामीलाइ जो संग प्रेम हुन्छ उ भन्दा प्यारो यो दुनियामा अरु कोहि हुन्न तर हामी भन्दा जरुरत  अरु केहि छ भने सम्झे हुन्छ त्यहा प्रेम छैन ।

यदि तपाई संग उस्ले साच्चै प्रेम गरेको छ भने उ यहि चाहन्छ कि उसको सारा समय तपाई संगै व्यतित होस एक पलको दुरी पनि उस्लाई सहन गाहे हुन्छ। तर हामी भने भिखारी जस्तै बनेर उ संग समय माग्छौ। कल र मेसेज कुरेर समय बवार्त गर्छौ । यो कस्तो प्रेम हो किन मरीमेटछौ त्यो व्यक्तिको लागि जस्लाइ हाम्रो प्रेमको कुनै कदर नै छैन । हामीले गर्ने कुनै पनि कुराले उस्लाई केही फरक नै पर्दैन । कति आफुलाई सताउने कति पिडामा तड्पाउने अब त बस । याद गर्नुस् तपाई जस्लाई आफ्नो समय दिनु हुन्छ त्यो सुन्दर पल फेरी कहिले फिर्ता पाउनु हुन्न ।कदर गर्न सिकौ आफ्नो जीन्दगीको जीन्दगी साच्चै सुन्दर छ ।जस्ले हामीलाई कहिल्यै प्रेम गर्दैन तिनिहरुको लागि तड्पिएर यस्लाई तेतिकै खेर नफालौ ।जो संग हामी प्रेम गछौ उस्लाई हरेक कामको लागि समय हुन्छ तर हाम्रो लागि उ हमेसा बिजि हुन्छ ।के अब हामी यति पनि नबुझ्ने कि उस्लाई हामीमा कुनै रुचि नै छैन । उस्को लागि तपाई बेर्थ हो केहि होइन ।अब त होसमा आउनुस् जस्लाइ तपाई संग साच्चै प्रेम हुन्छ उस्ले हजार काम छोडेर भए पनि पहिले तपाईलाइ महत्व दिन्छ ।तर तपाइलाइ उस्ले हर काम पछि मात्र सम्झिन्छ भने त यस्तो सम्बन्धबाट टाढै रहनू राम्रो ।

हामीले सधै देखिरने एउटा कुरा चै के भने एक व्यक्ति मायामा पागल हुन्छ तर अर्कोलाई मत्लव नै हुन्न धेरै मुस्किलले देख्न पाइन्छ कि दुबैमा बरावर प्रेम भएको । तर कहिले कहि हामी कोहि प्रति यति धेरै प्रेम देखाउछौ कि दोस्रो व्यक्तिलाई प्रेम होस वा नहोस् मजुबुर पार्दिन्छौ प्रेम छ भन्नमा । पहिले उसलाइ पनि त जान्नु जरुरी छ उस्को मनमा के छ तर जबरजस्ति कसैको पछि लाग्नु हुन्छ भने त मन त टुटछ नै ।अब हामीले यति धेरै प्रेम गरेको देखेर उस्ले डरले भन्न पनि सक्दैन के तिमि संग मलाई प्रेम छैन,अनि त फेरी सधै यस्तै झुठो सम्बन्ध अगाडि बढिरहन्छ अनि झगडा संका भैरहन्छ सधै कन्फ्युज जस्लाई हामी प्रेम गर्छौ उस्लाई हामी संग प्रेम छ कि छैन भनेर । यदि बार बार तपाईलाई यो लागिरहन्छ कि प्रेम छ कि छैन भनरे सम्झनुस् तपाई विच एकआपसमा प्रेम छैन । यदि साच्चै प्रेम हुन्थ्यो भने तपाईको मनमा यस्तो भावान कहिले आउदैन ।अगाडि गएर उस्लाई अझ पिडा नहोस् बरु यदि तपाइलाई लाग्छ कि जस्ले तपाईलाई प्रेम गर्छ उ प्रति तपाईको त्यस्तो भावाना छैन भने स्पस्ट नडराई भनिदिनुस् तपाइको मनमा म प्रती जुन भावाना छ मेरो मनमा छैन भनेर ।कसैलाई धोकामा राख्नु सबै भन्दा ठुलो पाप हो। किकिन उस्को मनमा लागेको चोटको परिणाम जे हुन्छ त्यो तपाइको जीवनमा पनि आइलाग्न सक्छ । हामी भन्छौ विछोड भयो भने बाच्न सक्दैना,ै त्यो वितेको पल र यादहरुलाई भुल्न सक्दैनौ, तर हामी त खुसी हुनु पर्ने हो यो कुरामा कि हाम्रो जिन्दगी बाट त्यो कुरा हट्यो जस्ले जीन्दगीमा पिडा दिन्छ जुन सम्बन्धमा रहदा खाली तनाव र दुख सिवाय केहि हुन्न त्यो बाट अब छुटकार मिलेको छ, अब त खुसि हुन पर्ने हो फेरी किन पल पल दुखि हुन्छौ । फेरी हामी किन रुन्छौ,े प्रेम नि हामी आफैले गर्ने, समर्पण पनि हामीले नै गनर्,े अनि प्रयोग पनि हामी नै भएका हुन्छौ फेरी दुख र पिडा पनि हामीलाई नै ।हरे कति अजिव छौ हामी । बस अब मुस्कुराउ यो जीन्दगी इश्वरले खुद हाम्रो लागि दिनुभएको हो । नाता र सम्बन्ध जीन्दगीको लागि हुन्छ न कि जीन्दगी नाता सम्बन्धको लागि । यो त जिवनको नियम नै त हो सम्बन्ध बन्छ टुट्छ त्यसैले पुरानो कुराहरु विर्सदै हामीले अगाडी बढ्नु पर्छ । अब प्रेम गर्नु नै छ भने आफ्नो आमा बुवा लाई गरौ उहाँहरुले जस्तो साचो माया अरु कसैले दिन सक्दैन ।

आमा बुवाले गर्ने प्रेमको तुलना संसारमा कुनै चिज संग गर्न सकिन्न । संसारको कुनै पनि सम्बन्धमा यति धेरै त्याग तपस्या र समर्पण हुनै सक्दैन जुन एक आमा बुवाबाट  आफनो सन्तानको लागि हुन्छ । याद राखौ एउटा कुरा उहाँहरुको अगाडी संसारको हर सम्बन्ध अनि प्रेम सानो हुन्छ । हामी सधै प्रेम पाउनको लागि भनेर भड्किरहन्छौ किन आफनो आमा बुवाको समपर्ण र त्यागलाई बुझदैनौ ? किन त्यो साचो मायालाई बुझदेनौ सबै कुरा त दिनु भएको छ भगवानले तर हामी उहाँहरुको प्रेमको महत्वलाई कहिले जान्नै चाहदैनौ मनमनै प्रेमको पछाडी भड्किरहन्छौ यसैले त यति धेरै दुख हुन्छ हामीलाई । हामी यो नसोचौ कि प्रेममा पिडा छ,प्रेम त इश्वरको रुप हो यदि साच्चै प्रेम छ भने त्यहाँ पिडा हैन आनन्द हुन्छ ।प्रेम त गंगा जस्तै पबित्र हुन्छ तर प्रेमको नाम लिएर जुन आजभोली स्वार्थ र वासनाको व्यापार हामी गर्छौ त्यस बाट हामीलाई कहिल्यै खुसी अनि सुख मिलदैन ।  

भोकाएको मान्छेलाई खाना दिनु प्रेम हो,रोहिरहेको लाई हसाउनु प्रेम हो,कुनै पक्षीलाई आहारा दिनु प्रेम हो, यो सबै प्रेमको रुप हो । साचो पे्रम त इश्वरकोे वर्दान हुन्छ तर त्यस्तो प्रेमलाई हामीले अहिल्य सम्म बुझेकै छैनौ प्रेम त फुल जस्तै सुन्दर हुन्छ जहाँ फुल्छ त्यहाँ सुवास फैलिन्छ ।प्रेम एक दिन मात्र गरीने कुरा हैन यो त अनन्त अनन्त चलिरहन्छ हो आज हामी संग जुन समय छ त्यसलाई सदुपयोग गर्दै प्रेम गरौ प्रेम सबैलाई चाहिन्छ सबैमा प्रेम बाडौ । यो सारा संसार सबै प्रेमको भोको छ त्यसैले साचो प्रेम गरौ।

प्रणय दिवसको सबैमा शुभकामना ।