Thursday, 25th June, 2026
वि.स.

सत्ता सहकार्य गरे जसपाको माग पुरा गर्न प्रम ओली तयार

सत्ता सहकार्यदेखि तराईमा देखिएका विभिन्न समस्या समाधान गर्ने उद्देश्यले आवश्यक छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) ले छुट्टाछुट्टै कार्यदल गठन गरेका छन् । कार्यदलमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्रीसमेत रहेका उपमहासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई छन् भने जसपाबाट सोही पार्टीका नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

सदस्य शुक्लाले कार्यदल गठन भएको पुष्टि गरेका छन् । कार्यदलको पहिलो बैठक सोमबार नै भएको शुक्लाले बताए । सत्ता सहकार्यका लागि नभइ आफूहरुले उठाउँदै आएको मुद्दा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न कार्यदल गठन भएको उनको बताए ।

प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान जसपा अध्यक्ष महन्थ ठाकुरसँग बालुवाटारमा सत्ता सहकार्यबारे छलफलसमेत गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली​ जसपाले उठाउँदै आएको माग सम्बोधन गर्न तयार रहेका छन् । जसपाले संविधान संशोधन, जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, नागरिकता विधेयकलगायत उठाउँदै आएको छ । यस्तो लाल आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग समेत जसपाले गर्दै आएको छ ।

-राजधानी दैनिक



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०