nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सकियो पालुङ जेसिजको १७ औं वार्षिक साधारण सभा, अध्यक्षमा निर्वाचन नै हुने संकेत

मकवानपुरको थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील पालुङ जेसिजको १७ आंै वर्षिक साधारण सभा २ पौषमा सम्पन्न भएको छ । थाहानगरका उपप्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यता तथा पालुङ जेसिज वर्ष २०१७ का अध्यक्ष अञ्जल प्रधानको सभाध्यक्षतामा सभा भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा नगरका उपप्रमुख गोपालीले विकृती र विसङति अन्त्यका लागि पालुङ जेसीजको भूमिका महत्वपूर्ण हुने बताएका छन् । गोपालीले सामाजको विकासमा जेसिजको ठूलो भुमिका हुने उल्लेख गर्दै कुलतमा फसेका युवालाई जोगाउन जेसिज अभियानले सहयोग गर्ने विश्वास व्यक्त गरे । 

युवा केन्द्रीत विकासका लागि जोसिजले संचालन गर्ने हरेक क्रियाकलापमा नगरपालिकाले सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।
वर्ष २०१७ का महासचिव विक्रम केसीले सञ्चालन गरेको कार्यक्रममा वर्ष २०१७ का उपाध्यक्ष मनोज रायमाझीले उपस्थित जेसीजका पदाअधिकारी तथा अतिथीहरुलाई स्वागत गरेका थिए । 

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै वर्ष २०१० का अध्यक्ष सुरेन्द्र मान प्रधानले पालुङ जेसिज दामन पालुङमा मात्र सीमित नभई ईन्द्रसरोवर जस्ता नजिकका छिमेकी गाउँपालिका क्षेत्रमा पनि आफ्नो कार्यक्रम र आस्थालाई विस्तार गर्नु पर्ने कुरामा जोड दिए । प्रधानले जेसिज आस्थालाई सबैले मनन् गर्नु पर्ने बताए । समाजसेवी अच्युतमप्रसाद ढकालले संस्थाको चाहना भावना तथा मर्म बुझेर अघि बढ्न सुझाब दिए । ढकालले अब चयन हुने पदाधिकारीहरुले पनि सधैब संस्थाको शिर उँचो हुने गरी जिम्मेवारी बहन गर्न अग्रह गरे ।  

कार्यक्रममको अवसरमा थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष  कबिराज खत्रीलाई मानार्थ सदस्य प्रदान गरेको छ । खत्रीले उद्योग वाणिज्य संघ र जेसिसको सम्बन्ध नङ र मासुको जस्तो भएको बताए । साथै उनले जेसिजलाई आफ्नो साथ सहयोग सधैव रहने समेत बताए । 

शुभकामना मन्तव्य व्यक्त गर्दै पलुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विमल कुमार ढकालले राजनितिज्ञले भन्दा पनि जेसिजका युवाले सहि र असल नेतृत्व गर्न सक्ने भएकोले समाजको विकासमा जुट्न आग्रह गरे । संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालले जेसिज सदस्य केबल भोट हाल्नको लागि मात्र नभई उत्तरी मकवानपुरको विकास गर्ने उम्मेदवार बन्न आवश्यक रहेको बताए । पहिलो सत्रलाइ समापनको घोषना गर्दै सभाध्यक्ष तथा बर्ष २०१७ का अध्यक्ष अञ्जल प्रधानले आफ्नो कार्यकाल सफल भए नभए पनि यो बर्षलाई बिगार्ने काम भने नगरेको बताए ।

अध्यक्षमा तीनजनाको रस्साकस्सी

पालुङ जेसीजको वर्ष २०१८ का लागि अध्यक्ष पदमा सुवास गोपाली, बिजय श्याम अमात्य र कुमार नेगी मैदानमा छन् ।

त्यस्तै गरि २ जना कार्यकारी उपाध्यक्ष पदका लागि मनोज रायमाझी, उद्धव विडारी र बिकास भण्डारी मैदानमा छन् । त्यस्तै ४ जना उपाध्यक्ष पदकोे लागि सबिन बिष्ट, नवराज लामा, अनित बिष्ट, रामकाजी महर्जन र सानोबाबु मोक्तानको मेद्वारी रहेको छ । 

पालुङ जेसीज सन् २०० मा स्थापना भएको हो । 

-मञ्जरी बलामी/थाहानगर



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)