Tuesday, 20th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

सकियो थाहानगरमा 'जेसीज सप्ताह'

थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियारले यूवाहरु कुलत तथा दुव्र्यासनीबा जोगाउन पालुङ जेसीजले अभियान थाल्नु बताएका छन् । उनले ‘जेसीजको आस्थामा रहेको शासन व्यक्ती होइन, विधिको हुनुपर्छ भन्ने कथन आम नेपालीले मनन गर्नु पर्नेमा जोड दिए । अबका दिनमा यूवाका लागि सिपमुलक तालिमको आवश्यकता रहेकोले यस्तो तालीम प्रदान गर्नको लागि जेसीजलाई आग्रह गरे । पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रमको समापन समारोहका प्रमुख अतिथी परियारले यस्तो बताएकाछन् ।

नेकपा एमाले थाहानगर कमिटि अध्यक्ष अच्युतम प्रसाद ढकालले जेसीजमा आवद्ध भएका र नभएका सबै युवाको ध्यान विकासमा जानूपर्ने बताए । उनले सामाजिक अभियानमा जुटेको जेसीजको शक्तिलाई विकासमा बदल्न सुझाव दिए । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्टले जेसीजले असाध्यै राम्रो काम गर्दै आएकोमा प्रशंसा व्यक्त गर्दै आम युवाका माझ जेसीजको पहुँच विस्तार गर्न आग्रह गरे । राप्रपा नेपालका थाहानगर अध्यक्ष हरेराम कार्कीले युवाहरुलाई जेसीजको विषयमा बुझाउन आवश्यक रहेको बताए । उनले भने–‘म आफैले पनि जेसीज बुझेको छैन, म कसरी युवाहरुलाई जेसीजमा लाग भन्न सक्छु ।’ कार्यक्रममा पालुङ जेसीजका सस्थापक अध्यक्ष पुरुषोत्तम् ढकालले विगतका जस्तो हालका दिनहरुमा जेसीज सञ्चालन गर्नको लागि असहजता नभएको बताउदै सबै यूवाहरु भनेको देशको खम्बा भएको बताउदै यस संस्थामा यूवाहरुलाई समेट्नु पर्नेमा जोड दिए । उनले जहिल्यै जेसीज सामाजिक अभियानमा सक्रिय हुने भएकोले जेसीज अभियान भन्दै आएको उललेख गरे । 

कार्यक्रमका उद्योग वाणिज्य संघका सभापति कविराज खत्री, पालुङ बहुमुखि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष इश्वारनाथ पौडेललगायतले जेसिजले समय सान्दर्भिक  कार्यक्रम राखेर सरह्रानिय कार्य गरेको बताए । 

पालुङ जेसिज वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्रीको सभाध्यक्षतामा भएको जेसीज सप्ताह समारोह वर्ष २०१५ का महासचिव विजय श्याम अमात्यले सञ्चालन गरेका थिए । कार्यक्रममा विभिन्न विधामा विजयी भएकाहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरीएको वर्ष २०१६ का अध्यक्ष रुपक कालिराजले जानकारी दिए । 

जेसीज सप्ताह समापन समारोहमा लोक गीत संगीत क्षेत्रमा योगदान पु¥याएको भन्दै स्थानीय गायक मुक्तिनाथ उप्रेती, दोस्रो थाहा आईडल तर्फ एकल गायनमा प्रथम हुन सफल देमन्त गोपाली, एकल नृत्यमा प्रथम भएकी एलिना राना मगर र गायक राजु लामालाई मायाको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रमको अवसरमा जेसिजका विभिन्न कार्यक्रम संयोजकहरु, सहयोगी तथा सहकार्य गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई पनि अध्यक्ष खत्रीले मायाको चिनो प्रदान गरेका थिए । 
 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg