nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

शिखरकोटमा घर जलेर नष्ट

उत्तरी मकवानपुरको थाहा नगरपालिका–४ शिखरकोटमा शुक्रबार राती घर जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीमा परी पशुचौपाया, भाँडावर्तनलगायत सम्पत्ति नष्ट भएको छ । मानवीय क्षति भने भएको छैन । 
थाहा–४ शिखरकोटका शभ्मु बिष्टको घर(कटेज) जलेर नष्ट भएको हो । आगलागीमा करीब एक दर्जन खसीबाख्रा मरेका छन् । आगलागीमा परी छट्पटिएको भैंसी दाम्लो चुँडालेर भागेको स्थानीयले बताए । 
आगलागी भएको थाहा पाउने वित्तिकै स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । घटना राती साँढे ९ बजे भएको हो ।  रातीको समय भएकोले आगो नियन्त्रणमा लिन समस्या भएको स्थानीय हिरेन्द्र रायमाझीले बताए । आगलागी भएको पौने घण्टापछि थाहा नगरपालिकाको दमकल पुगेको थियो । स्थानीय बासिन्दा,  प्रहरी, सेना र दमकलको प्रयासबाट झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएर थप क्षति हुनबाट जोगाइएको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख वीरेन्द्र पासवानले बताए । 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)