Wednesday, 26th August, 2026
वि.स.

शिखरकोटमा घर जलेर नष्ट

उत्तरी मकवानपुरको थाहा नगरपालिका–४ शिखरकोटमा शुक्रबार राती घर जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीमा परी पशुचौपाया, भाँडावर्तनलगायत सम्पत्ति नष्ट भएको छ । मानवीय क्षति भने भएको छैन । 
थाहा–४ शिखरकोटका शभ्मु बिष्टको घर(कटेज) जलेर नष्ट भएको हो । आगलागीमा करीब एक दर्जन खसीबाख्रा मरेका छन् । आगलागीमा परी छट्पटिएको भैंसी दाम्लो चुँडालेर भागेको स्थानीयले बताए । 
आगलागी भएको थाहा पाउने वित्तिकै स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । घटना राती साँढे ९ बजे भएको हो ।  रातीको समय भएकोले आगो नियन्त्रणमा लिन समस्या भएको स्थानीय हिरेन्द्र रायमाझीले बताए । आगलागी भएको पौने घण्टापछि थाहा नगरपालिकाको दमकल पुगेको थियो । स्थानीय बासिन्दा,  प्रहरी, सेना र दमकलको प्रयासबाट झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएर थप क्षति हुनबाट जोगाइएको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख वीरेन्द्र पासवानले बताए । 


 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif