nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

शक्तिश्वरी कपको उपाधी चुरेकालिकालाई

Football-1st-Team-(3)-1475802954.JPG

हेटौँडामा जारी स्वर्गीय सुनिल रुम्बा स्मृती शक्तिश्वरी कप नकआउट फुटबल प्रतियोगिताको उपाधी चुरेकालिका युवा क्लव‘ए’ ले जितेको छ । आज भएको फाईनल खेलमा कोरस युवा क्लव, रातोमाटेलाई उपबिजेतामा सीमित पार्दै चुरेकालिकाले उपाधी हात पारेको हो । खेलको हाफटाईम अघि दुबै टिमको समान १– १ गोल रहेको थियो । चुरेकालिकाका सुरज बिष्टले १ गोल र कोरसका महेश माझीले १ गोल गरेका थिए । त्यसपछि भएको खेलमा सुजन लामाले गरेको १ गोलले चुरेकालिकालाई १ का बिरुद्ध २ गोलले बिजयी बनाएको हो ।


प्रतियोगिताको प्रथम चुरेकालिका युवा क्लवले २५ हजार, दोश्रो कोरस युवा क्लवले १५ हजार र तेश्रो डाँफे युवा क्लव, हेटौँडा १८ ले पाँच हजार रुपैँयासहित शिल्ड, मेडल, प्रमाणपत्र पाए । शक्तिश्वरी युवा क्लब हेटौँडा–१७, चुरियामाई, भोर्ले–कमानेले आयोजना गरेको प्रतियोगितामा २१ टिम सहभागी थिए । समापन कार्यक्रम मकवानपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष माधव तिमल्सिनाको प्रमुख आतिथ्य तथा क्लवका अध्यक्ष चन्द्रबहादुर लामाको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा अनुशासित टिम पान्द्राङ्ग एफ.्सी. भैँसे, उत्कृष्ट किपर चुरेकालिका युवा क्लवका मनदीप घलान, उत्कृष्ट खेलाडी कोरस युवा क्लवका देवराज लामा, सर्वाधिक गोलकर्ता डाँफे युवा क्लवका बिवेक तिवारीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको शक्तिश्वरी युवा क्लबका सचिव कुमार रुम्बाले जानकारी दिनुभयो ।


कार्यक्रममै शक्तिश्वरी युवा क्लवका संस्थापक अध्यक्ष मन्ते सिँ योञ्जनलाई अभिनन्दन सहित सम्मान तथा क्लवका संस्थापक सचिव एवम् पूर्व खेलाडी आईत सिँ लामालाई सम्मान गरिएको थियो । प्रतियोगिताको मुख्य प्रायोजकमा ऋद्धीसिद्धी सिमेन्ट उद्योग, हेटौँडा १७ रहेको छ ।



Football-1st-Team-(3)-1475802997.JPG