Wednesday, 26th August, 2026
वि.स.

विहानै धादिङमा दुई कन्टेनरमा आगलागी

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेशी ६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रक जलेको छ । सडक नजिकै रोकिराखेको आर जे ४२ ग ५०५१ र आर जे ४२ ग ०७५६ नम्बरको २२ चक्के भारतिय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक जलेर ध्वस्त भएको पत्रकार आशिष ठकुरीले जानकारी दिए । बिहान करिब ३ बजेदेखी आगो लागेपछि चार वटा डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरी माटो हालेर आगो दायाँ बाँया नफैलिनका लागि प्रयास गरिएको थियो । आगलागि भएको २ घण्टा पछि ५ बजे काठमाण्डौँ महानगरको दमकल लेराएर अहिले आगो नियन्त्रणमा लिईएको छ । आगलागि बाट मानविय क्षति भएको छैन । बस्ति, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागि भएपछि स्थानिय त्रसित भएका थिए । आगलागी पछि विद्युतको तार जल्दा विद्युत सेवा अवरुद्द भएको छ । आगो कसरी लाग्यो भन्ने बारेमा पुष्टि हुन सकेको छैन । घटना पछि अहिले उक्त सडक क्षेत्रमा सवारी साधनको चाप रहेको छ ।


https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif