nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

विहानै धादिङमा दुई कन्टेनरमा आगलागी

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेशी ६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रक जलेको छ । सडक नजिकै रोकिराखेको आर जे ४२ ग ५०५१ र आर जे ४२ ग ०७५६ नम्बरको २२ चक्के भारतिय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक जलेर ध्वस्त भएको पत्रकार आशिष ठकुरीले जानकारी दिए । बिहान करिब ३ बजेदेखी आगो लागेपछि चार वटा डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरी माटो हालेर आगो दायाँ बाँया नफैलिनका लागि प्रयास गरिएको थियो । आगलागि भएको २ घण्टा पछि ५ बजे काठमाण्डौँ महानगरको दमकल लेराएर अहिले आगो नियन्त्रणमा लिईएको छ । आगलागि बाट मानविय क्षति भएको छैन । बस्ति, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागि भएपछि स्थानिय त्रसित भएका थिए । आगलागी पछि विद्युतको तार जल्दा विद्युत सेवा अवरुद्द भएको छ । आगो कसरी लाग्यो भन्ने बारेमा पुष्टि हुन सकेको छैन । घटना पछि अहिले उक्त सडक क्षेत्रमा सवारी साधनको चाप रहेको छ ।


https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)