Monday, 21st September, 2026
वि.स.

विवरण अद्यावधिक गर्न म्यानपावर सञ्चालकहरूलाई विभागको निर्देशन

1918968c-29fb-4d06-ab98-3-1785303120.jpg

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूको आधिकारिकतासम्बन्धी विवरण सार्वजनिक गर्दै सञ्चालक तथा कर्मचारीहरूको विवरण एक साताभित्र अद्यावधिक गर्न निर्देशन दिएको छ ।

विभागले शुक्रबार सूचना जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४ को दफा ११ बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त संस्थाहरूको नाम, ठेगाना, इजाजतपत्र नम्बर, सञ्चालक तथा कर्मचारीहरूको नाम, सम्पर्क नम्बर, संस्थाको इमेल, गुगल लोकेसन म्यापलगायत सबै सूचना तथा जानकारी सार्वजनिक डोमेन अर्थात् विभागको आधिकारिक वेबसाइटमा राखिएको जनाएको छ ।

कानुनबमोजिमको प्रक्रिया पूरा गरी सक्रिय अवस्थामा रहेका इजाजतपत्र प्राप्त संस्थाहरूका बारेमा आवश्यक सम्पूर्ण जानकारी विभागको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने पनि विभागले जनाएको छ ।

विभागले सबै काम विद्युतीय प्रणालीबाट गर्न सुरु गरेको लामो समय भइसके पनि विभागको वेबसाइटमा कतिपय म्यानपावर कम्पनीको ठेगाना, कार्यालय तथा सञ्चालकको विवरण फेला नपरेको गुनासो रहँदै आएको छ ।

विभागले वेबसाइटमार्फत नाम, ठेगाना र मोबाइल नम्बर हेर्न सकिने भएकाले सम्बन्धित संस्था इजाजतपत्र प्राप्त हो वा होइन तथा हाल सक्रिय वा निष्क्रिय अवस्थामा रहेको छ भन्ने कुरा सजिलै एकिन गर्न सकिने पनि जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०