Friday, 30th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

विप्लव माओवादीको पार्टी पुनर्गठनको अवसरमा फुटबल प्रतियोगिता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले पार्टी पुर्नगठनको अवसरमा मकवानपुरको तीन स्थानीय तहमा मैत्रीपुर्ण फूटबल प्रतियोगिता आयोजना गरेको जनाएको छ । यहि मंसिर ८ गते परेको विप्लव माओवादीको पुर्नगठन दिवसको अवसरमा कार्यक्रम भएको हो । 

विप्लव माओवादीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मनहरी र बकैया गाउँपालिकामा फुटबल प्रतियोगिता गरेको पार्टी स्रोतले जनाएको छ । स्थानीय युवाहरुको सहभागितामा भएको प्रतियोगिताका विजयी टिमलाई नगद पाँच÷पाँच हजार रुपियाँ पुरस्कार वितरण गरिएको जनाएको छ ।



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg