nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विनयबाबु स्मृति प्रतिष्ठानलाई थाहा नगरस्तरीय भलिबल प्रतियोगिताको उपाधि

हिमाली डाँफे युवा क्लवको आयोजनामा मकवानपुर चित्लाङमा भएको थाहा नगरस्तरीय भलिवल प्रतियोगिताको उपाधि थाहा नगरपालिका वडा नंम्बर २ को विनयबाबु स्मृति प्रतिष्ठानले हात पारेको छ ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद, युवाको सान थाहा नगरको पहिचान भन्ने नारा सहित थाहानगरमा सञ्चालित प्रतियोगिताको फाईनल खेल नवप्रतिभा युवाक्लव बज्रवाराहीलाई पछि पार्दै विनयबाबु स्मृति प्रतिष्ठानले जित हासिल गरेको हो । प्रतियोगितामा प्रथम हुने विनयबाबु स्मृति प्रतिष्ठानले नगद ५० हजार, सहित शिल्ड मेडल र प्रमाणपत्र द्धितिय हुने नवप्रतिभाले नगद २५ हजार शिल्ड मेडल र प्रमाण पत्र हासिल गरेका छन ।

प्रतियोगितामा आग्रा स्पोर्टसलेले तलेजु युवा क्लब चित्लाङलाईलाई पराजित गर्दै तृतीय स्थान हासिल गर्दै नगद १० हजार सहित मेडल प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडि विनयबाबु स्मृति प्रतिष्ठानका मनिष तामाङ घोषित भएका छन् । त्यस्तै प्रतियोगितामा उदयमान् खेलाडिमा हिमाली डाँफे युवा क्लवका निश्चल मगर घोषित भएका छन् । १७ फागुनबाट सुरु भएको नगरस्तरीय भलिबल प्रतियोगिताका विजेतालाई कार्यक्रमका प्रमूख अतिथि एवं थाहानगर प्रमूख लवशेर विष्टले पुरस्कार वितरण गरेका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)