Sunday, 13th September, 2026
वि.स.

विनयबाबु बस्नेत स्मृति जिल्लास्तरीय भलिबलको फाइनलमा थाहा–१ र हटिया स्पोर्टस भिड्ने

मकवानपुर थाहानगरको फाँट बजारमा संचालन भैरहेको विनयबाबु बस्नेत स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको फाइनलमा थाहा–१ प्रतिनीधि टिम र हटिया स्टोर्टस भिड्ने भएका छन् । प्रतिनिधि टिमले पुपु म्हेन्दो आग्रा भिसापानलिाई पराजित गरेर र हटिया स्पोर्टसले आयोजक विनयबाबु बस्नेत स्मृति प्रतिष्ठान ‘ए’ लाई पराजित गरेर फाइनलमा प्रवेश गरेका हुन् । 

विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा ७ कार्तिकबाट शुुरु भएको प्रतियोगिताको १० कार्तिक विहान ८ बजे फाइनल खेल हुने प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए । प्रतियोगिता लिगकम नकआउट चरमा खेलाइएको थियो । प्रतियोगितामा वेस्ट प्लेयर, वेस्ट सेटर, उदयीमान खेलाडी, वेस्ट ब्लकर, वेस्ट डिफेण्डर, र वेस्ट स्पाइकर विधामा पनि खेलाडीहरुलाई पुरस्कृत गरिने भएको छ । रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् । त्यस्तै दोस्रो हुने टिमले नगद २६ हजार रुपियाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने प्रतिष्ठानले जनाएको । प्रतियोगितामा मकवानपुरका १४ टिमकाे सहभागिता रहेकाे थियो ।

सशस्त्र प्रहरीमा सेवारत् विनयबाबुको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष तथा थाहा नगर खेलकुद विकास समितिका भलिबल प्रशिक्षक शंकर कार्कीले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif