nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विद्युत प्राधिकरण पालुङको बक्यौता दुई करोड बढी

bidhyut-pradhikaran-1526986725.png

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रको विद्युत महशुल बक्यौता रकम दुई करोडभन्दा बढी रहेको छ । आइतबार, ६ जेठसम्मको हिसावमा दुई करोड १० लाख एक हजार ८ सय ४९ रुपैया बक्यौता रहेको नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले जनाएको छ । 

२०४२ सालदेखि विद्युत वितरण शुरु गरेको पालुङ प्राधिकरणको बक्यौता रहेको २ करोड रकम हालसम्मकै उच्च बक्यौता हो । यसअघि ठूलो अंकमा बक्यौता भए पनि प्राधिकरणले विद्युत महशुल बाँकी रहेका ग्राहकहरुको लाइन काट्न शुरु गरेपछि केही रकम असुल हुने गरेको थियो । २ वर्ष यता पालुङ वितरण केन्द्रले कुनै ग्राहकको लाइन काटेको छैन । ११ हजार ६ सय ग्राहक रहेको विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रको महशुल बाँकी हुनेमा सबैभन्दा बढी ग्राहस्थ ग्राहकहरु छन् ।  

ग्राहस्थबाट मात्र १ करोड ६ लाख ७४ हजार २ सय २२ रुपैया उठ्न बाँकी छ । प्राधिकरण पालुङको ९० प्रतिशत ग्राहक ग्राहस्थ छन् । त्यस्तै वाणिज्य क्षेत्रबाट ८१ लाख १३ हजार ३ सय ४०, सरकारी संस्थाहरुबाट ९ लाख ३३ हजार २ सय ९८ रुपैया बक्यौता रहेको छ । सरकारी कार्यालयमध्ये पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको मात्र ७ लाख ३ हजार १ सय ६३ रुपैया बाँकी छ । नियमअनुसार लाग्ने २५ प्रतिशत जरिवाना यसमा जोडिएको छैन । त्यस्तै इलाका प्रहरी कार्यालय पालुङको ५८ हजार २ सय ५१ र प्रहरी चौकी सीमभन्ज्याङको २४ हजार ८ सय २८ रुपैया महशुल बाँकी रहेको प्राधिकरणले जनाएको छ । 

औद्योगिक क्षेत्रबाट ४ लाख ६९ हजार ६ सय ९६ रुपैया, सडक बत्तीबाट ९६ हजार ३ सय ३७ रुपैया, सिँचाईबाट १० हजार ३ सय ६७, खानेपानीबाट ३९ हजार ६ सय ३ र मन्दिरबाट २३ हजार ५ सय ५० रुपैया उठ्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र प्रमुख सन्तोषप्रसाद पन्तले जानकारी दिए । ग्राहस्थअन्तर्गत थाहानगरको शिखरकोट, फेदीगाउँ र बज्रवाराही क्षेत्रमा बढी बक्यौता रहेको प्राधिकरणले जनाएको 
छ । 

यसैबीच विद्युत प्राधिकरण पालुङको ८२ लाख रकम कालोपाटीमा छ । विद्युत लाइन काटेको ६ महिनासम्म ग्राहकले महशुल नबुझाएमा कालीपाटीमा राखिन्छ । कालोपाटीमा रहेको ८२ लाखमध्ये ६० लाख रुपैया रोप वेको मात्र छ । ठूलो मात्रामा महशुल बक्यौता भएपछि विद्युत प्राधिकरण पालुङले रकम असुल्न कडाई गर्ने संकेत गरेको छ । विद्युत महशुल भुक्तान गर्न बाँकी रहेका ग्राहकरुलाई तत्काल भुक्तान गर्न अनुरोध गर्दै प्राधिकरणले अन्यथा विनासूचना जुनसुकै बेला लाइन काट्ने चेतावनी दिएको छ । 

प्राधिकरणले स्थानीय संचार माध्यमहरुबाट सूचना नै जारी गरेको छ ।  विद्युत महशुल बाँकी रहेका ग्राहकहरुको लाइन काट्न पालुङ प्राधिकरणले छुट्टै टोली परिचालन गरेको छ । उक्त टोलीले केही ग्राहकहरुको लाइन काटेको छ । नेपाल विद्युत प्राधिकरण पालुङले थाहानगरको दामन, पालुङ, बज्रवाराही, आग्रा, टिस्टुङ, चित्लाङ , इनद्रसरोबर गाउँपालिकाको मार्खु, कुलेखानी, फाखेल, कैलाश गाउँपालिकाको कालिकाटार, नामटार, गोगने, डाँडाखर्क र भीमफेदी गाउँपालिको इपा र झीरघारी क्षेत्र हेर्दै आएको छ । 



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।