Friday, 24th September, 2021
वि.स.
.-1624118193.jpg

विकास खबरपत्रिकाको स्वामित्व फेरियो

Digo-1627702628.jpg

मकवानपुरको थाहानगरबाट १४ वर्षदेखि निरन्तर प्रकाशन भैरहेको विकास खबरपत्रिका साप्ताहिकको स्वामित्व परिवर्तन भएको छ । पत्रिकाकाको स्वामित्व दिगो विकास मल्टिमिडिया (प्रा) लि. ले लिएको हो । पत्रिकाका प्रकाशक सुरज कुमार भुजेलले उक्त कम्पनीलाई विकास खबरपत्रिकाको मुल्याङ्कन सहित स्वामित्व हस्तान्तरण गरेका हुन् । १३ वर्षसम्म पत्रिकालाई पाठक समक्ष पु¥याउनका लागि सहयोग गर्ने पत्रकार, समाचारका स्रोतहरु, सहकर्मीहरु, संघसंस्था, स्थानीय तहहरु, सम्पूर्ण शुभचिन्तक, सरकारी तथा गैरसरकारी संस्थाहरु, राजनीतिक दलका प्रतिनीधिहरुलाई प्रकाशक भुजेलले धन्यवाद सहित आभार व्यक्त गरेका छन् । 

विकास खबरपत्रिका प्रेस काउन्सिल नेपालको ‘क’ वर्गमा वर्गिकृत पत्रिका हो । सञ्चारसम्बन्धी विविध कार्यहरु गर्ने उद्देश्यले  वि.सं. २०७५ सालमा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएकोे उक्त कम्पनीले अब आफ्नो उद्देश्य अनुसार पत्रपत्रिका प्रकाशन सम्बन्धी कार्य गर्ने जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ बाटै पत्रिका व्यवस्थापनको जिम्मेवारी लिएको दिगो विकास मल्टिमिडियाले हालै आधिकारिकता पाएको हो । कम्पनी संचालक समितिले पत्रपत्रिकासंगै अन्य सञ्चार सम्बन्धी कार्यहरु संचालन गर्ने समेत योजना बनाएको छ । एफ.एम. रेडियो, टेलिभिजन, पत्रपत्रिका, डकुमेन्ट्री, रेडियो कार्यक्रम निर्माण, अनलाइन संचालन तथा आमसञ्चार र अन्य सामाजिक क्षेत्रका जनशक्तिलाई क्षमता अभिवृद्धिलगायतको काम गर्ने कम्पनीको उद्देश्य रहेको छ ।

स्वामित्व ग्रहणसंगै दिगो विकास मल्टिमिडिया (प्रा) लि. ले पत्रिकालाई थप व्यवस्थित ढंगले प्रकाशन गर्ने जनाएको छ । यसका लागि आम पाठक, विज्ञापनदाता र सम्पूर्ण वुद्धिजवी र सरोकारवालाहरुलाई सहकार्यका लागि अनुरोध गरेको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

jhamka-1624645162.jpg
ict-nepal-1625344508.gif
corona_ad-1626692113.gif






thah-COO-1587359073.png
balsram-1625416970.jpg
IMG_20210817_182710-1629204149.jpg
239373963_289010124458427-1629544843.jpg


thaha-ad1-1629699206.jpg

thaha-ad2-1629699300.jpg
thaha-ad3-1629699344.jpg
thaha-ad4-1629699560.jpg
thaha-ad5-1629699604.jpg