nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

लाली गुराँसको साधारणसभा सकियो

Mahila-1507773003.jpg

मकवानपुरको थाहा वडा नं. १ ओखरबजारमा लालीगुराँस महिला बहुउद्देश्य सहकारी संस्था लि.को १५ औ साधारण सभा बुधबार भएको छ । महिला तथा बालबालिका कार्यलय प्रमुख बिष्णु कमारी लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहकारीका अध्यक्ष रिता प्रधानले सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । 

महिला तथा बालबालिका कार्यालय मकवानपुरका प्रमुख विष्णु कुमारी लामिछानेको प्रमुख आतिथ्यता तथा लागिगुराँस महिला बहुउद्देश्यीय     सहकारी संस्थाका अध्यक्ष रिता प्रधानको सभाध्यक्षतामा साधारण सभा मनाईएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा महिला तथा बालबालिका कार्यालय मकवानपुरका प्रमुख समेत रहनु भएका लामिछानेले महिलालाई माथि उठाउन सामाजिकरण आवश्यक रहेको बताउनु भयो । 

त्यसैगरी लामिछानेले महिला शिक्षालाई ध्यान दिनुपर्ने कुरामा समेत जोड दिए । संस्थाले आर्थिक वर्ष २०७३÷०७४ सम्मा ६७ लाख ८३ हजार ३०५ रुपैया ६९ पौसा कारोबार गरेका जानकारी गराएको छ । त्यसैगरि संस्थाले आर्थिक वर्ष २०७३÷०७४ मा शेयर पुजी ९ लाख ६३ हजार २ सय, जगेडा कोष ३ लाख ६५ हजार ४ सय छैहत्तर, संस्थागत कोष ३ लाख ४७ हजार ४ सय १, बचत हिसाब ४३ लाख ७ हजार ३ सय सतहत्तर पुयाएको छ र ५० लाख ३५ हजार ८३ रुपैया ऋण लगानी गरेको संस्थाका अध्यक्ष रिता प्रधानले प्रतिवेदनमा प्रस्तुत गर्नु भयो ।

सभा मार्फत ७४ जना शेयरसदस्य लाई परिचय पत्र वितरण गरिएको छ । उक्त परिचय पत्रले सरकारी स्वास्थ्य संस्थाहरुमा ४० प्रतिशत छुट दिने जनाईएको छ । संस्थाका व्यवस्थापक तुसा विष्टले सञ्चालन गर्नु भएको कार्यक्रममा भावना विष्टले स्वागत गर्नु भएको थियो । सभा मार्फत संस्थाका सचिव रीतु कार्कीले प्रगति विवरण र कोषाध्यक्ष नानीछोरी प्रधान आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । संस्थाले बचत तथा ऋण मात्र नभई घरेलु हिंसा तथा महिला हिंसा न्युनिकरण, किशोरी केन्द्र सञ्चालन तथा मनोसामाजिक विमर्श केन्द्र स्थापन गरि मनोपारामर्श समेत प्रदान गर्दै आएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)