Tuesday, 4th August, 2026
वि.स.

लघुवित्तमा स्थायी प्रकृतिको जागिर खाने अवसर

Untitled-design-(1)-1785843212.png

कुश्मा । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। संस्थाले पुनः सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

संस्थाका अनुसार वरिष्ठ सहायक, सहायक प्रथम र कनिष्ठ सहायक पदमा आवश्यक संख्यामा कर्मचारी भर्ना गरिनेछ। इच्छुक उम्मेदवारले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।

वरिष्ठ सहायक र सहायक प्रथम पदका लागि प्रवीणता प्रमाणपत्र तह वा सो सरह तथा एसएलसीरसो सरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा पाँच वर्ष कार्यानुभव भएको हुनुपर्नेछ। त्यस्तै, कनिष्ठ सहायक पदका लागि एसएलसी वा सो सरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ६ महिनाको कार्यानुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ।

उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारको हकमा भने अधिकतम उमेरमा ५ वर्षसम्म छुट दिइने जनाइएको छ।

इच्छुक उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्र, कार्यानुभवका प्रमाणपत्र तथा हालसालै खिचिएको फोटो संस्थाको nesdomfi.ads@gmail.com इमेलमा पठाएर आवेदन दिन सक्नेछन्।

संस्थाका अनुसार परीक्षा अन्तर्वार्ताका आधारमा सञ्चालन गरिनेछ। प्राप्त आवेदनमध्येबाट छोटो सूची  तयार गरी छनोटमा परेका उम्मेदवारलाई परीक्षा मिति र स्थानबारे छुट्टै जानकारी गराइने जनाइएको छ।

तलब, भत्ता तथा अन्य सेवा–सुविधा संस्थाको प्रचलित नियमअनुसार हुने संस्थाले जनाएको छ। साथै, आवश्यकताअनुसार कर्मचारी छनोट गर्ने वा विज्ञापन रद्द गर्ने अधिकार संस्थामा निहित रहने सूचनामा उल्लेख गरिएको छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif