nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लकडाउनमा मातातिर्थ औंसी यसरी मनाउने की ?
-सुनिता विष्ट

Sunitaaa-1587618338.jpg

आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिन आफ्नी ममतामयी आमाप्रति माया, श्रद्धा, भक्ति, र सम्मान व्यक्तगर्दै मनाइँदै छ । मातातिर्थ औंसीको दिन जीवित रहनु भएको आमालाई मनपर्ने खानेकुरा, कपडाको साथ सम्मान गरिन्छ भने दिवङ्गगत आमाको सम्झनामा तर्पण, श्राद्घ र पिण्ड दान गरिन्छ ।

आमाप्रति भाव प्रकट गर्ने यो पर्व हरेक बर्षको बैशाख कृष्ण औंसीको दिन मनाईन्छ । यस घडीलाई मातातिर्थ औंसी, मातृ औंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । “संसारको सबैभन्दा पवित्र नाता आमा, सबैभन्दा पवित्र सम्बोधन आमा, धर्तीमा पाइला टेकेपछिको पहिलो साथी आमा । ”जिवनकै सबैभन्दा अमुल्य सम्पती आमा नै हुन् । खासगरि आजको दिनबिवाह गरेर पराइघर गएकी छोरी चेलीले आमालाई मनपर्ने कोशेली लिएर माइतीघर जाने गर्दछन् । बिवाह गरि गएको घरको बारेमा सुख दुखको कुरा साटासाट पनि आमासँगै गरिन्छ ।

तर पहिला–पहिलाको औंसी भन्दा यो बर्षको औंसी निकै नरमाइलो छ । बिश्वभर फैलिएको कोरोना भाइरसको माहामारीको कारण देशमा लकडाउन छ । टाढा रहेका छोरा छोरीसँग आमाको भेट लकडाउनको कारण असम्भब नै छ । साधन र प्रविधि उपलब्ध भएकाहरुले त आमाको मुख अवश्य हेर्लान् । तर गाँउमा बस्ने अनि मोबाइल फोन के हो भन्ने थाहा नभएका आमाहरुले कसरी चित्त बुझाउलान् ? त्यस्ता आमाहरुको ओठमा कसरी मुस्कान ल्याउन सकिएला ? यतिबेला सबैको मनमा यस्तै तनाव अवश्य पनि उत्पन्न भैरहेको छ । 

भनिन्छ नी “रगतको नाता भन्दा भावनाको नाता बलियो हुन्छ ।” हामी बिवाहित चेलीहरु लकडाउनकारण आफ्नो जन्मघर त जान पाएनौं । तर विचार गरौं त जिन्दगी भर हामीसँगै रहेर बाँच्ने आशामा रहनु भएकी सासू आमा त सँगै छिन् नि । उनी पनि त आमा नै त हुन् । उनले पनि आफ्नी छोरीलाई बुहारी बनाउन पठाएकी हुन्छिन् अनि छोरीको रुपमा बुहारी भित्रयाउँछिन् । बुढेसकालको साहारा, पुख्र्यौली सम्पतीको जिम्मेवारीको साथै आफ्नो परिवारको बिश्वसनिय ब्यक्ति रुपमा राखेकी हुन्छिन् । हो, त्यसैले आफ्नी आमाको स्थानमा श्रीमान्को आमा अर्थात सासु आमालाई पनि राखी हेरौं न । उनलाई पनि छोरीको याद मेटियोस् अनि माईत जान नपाएका चेलीलाई पनि माइतीघरको झल्को मेटीयोस् । माईतीघरबाट त हामीले शिक्षा, अनुशासन, ब्यावारिक ज्ञान, सिप र आदार सम्मान सिकेर पराईघरमा पाईला राख्छौं । पराईघरमा बाँकी अरु कुराहरु सिकाउने र माया दिने सासूआमा नै त हुन् नि ।
एकपटक सोचौं त यदि बिवाह गरेर गएको घरमा हेंला भयो भने के हामीलाई माईती घरमा ठाँउ होला र । पक्कै पनि हुँदैन । यदि भएछ भने पनि समाजमा हामी आफै नराम्रो भएर बाँच्न पर्छ । घर गरी खान नसकेर माईत आकी अरु केके हो केके सुन्नपर्छ । त्यसैले बुहारीलाई छोरी बनाउने जिम्मा सासूको हातमा हुन्छ भने बुढेसकालमा बुवाआमालाई बृद्घाआश्रम सम्मन पुर्याउनको लागी हरेक बुहारीको हात रहन्छ । घरको कलह नै सासू बुहारी हो भन्ने घटिया सोच राख्ने समाजलाई परिवर्तन गरेर देखाउँन सकिन्छ । 

हरेक बर्ष आउने यो मातातिर्थ औंसी जन्मदिने आमाको सम्झनाको लागी हो । कर्म दिने आमा पनि जन्मदिने आमा जत्तिकै महान् हुन्छिन् । दुवै आमालाई माया गरेर मातातिर्थ औंसी मनाऔं । यदि आमा दिवड्डत हुनुभएको छ भने उहाँको सम्झनामा मनाऔं ।