Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

रेडियो अनमोलको ७ दिने तालिम सुरु

Radio-Anmol-Logo-1504491517.jpg

हेटौँडामा यहि असोजमा सञ्चालनमा आउन थालेको रेडियो अनमोल ९० मेगाहर्जले ७ दिने रेडियो उद्घोषण तथा स्टेज पर्फोमेन्स् तालिम सुरु गरेको छ ।

तालिमको आज पहिलो दिन रेडियोको ईतिहास र यसका महत्वका बारेमा प्रशिक्षण दिइएको रेडियोका स्टेसन कोअर्डिनेटर बालकृष्ण दाहालले जानकारी दिए । ७ दिनसम्म चल्ने तालिममा रेडियो उद्घोषण, रेडियो नाटक, रेडियो कार्यक्रम स्क्रीप्ट लेखन, रेडियो कार्यक्रम उत्पादन, रेडियो प्राविधिक तथा स्टेज पर्फोमेन्सका बारेमा प्रयोगात्मक कक्षा हुने बताइएको छ ।

तालिमपश्चात उत्कृष्ट हुनेलाई रेडियो अनमोलमा रोजगारीको अवसर दिईनुका साथै तालिम लिने अन्यलाई समेत रेडियो कार्यक्रम उत्पादनमा लगाईने बताइएको छ । तालिममा विभिन्न अनुभवि दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिइने दाहालले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा मकवानपुर जागरण अभियानका उपाध्यक्ष जनकमान डंगोल, तु खबर डटकमका कार्यकारी सम्पादक चन्द्र घलान, सञ्चारकर्मी बलराम पुडासैनी, सलिना ढुङ्गेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।