nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राष्ट्रिय जनगणना कार्यक्रम साउनबाट शुरु गर्ने तयारी

j-1623652722.jpg

कोरोना भाइरस (कोभिड १९) महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना कार्यक्रम साउन महिनादेखि शुरु गर्ने गरी विभागले काम अघि बढाएको जनाएको छ । तथ्याङक विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेका अनुसार कोरोना महामारीको अवस्था असारसम्ममा कम भए सरकारसँग अनुमति लिएर साउनदेखि शुरु गरेर भदौ वा असोज भित्रमा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङकलाई हेर्ने र सरकारले गर्ने निर्णयका आधारमा गणनाका काम अघि बढाइने लामिछानेले बताउनुभयो । यसअघि विभागले सुपरिवेक्षक नियुक्त गरी पाँच दिन तालिम दिइसकेको र दुई दिनको तालिम दिन बाँकी रहेको छ । यता विभागले १२ औं जनगणना गर्न प्रत्यक्ष रुपमा जनतासमक्ष पुग्नका लागि ४३ हजार गणक नियुुक्ति प्रकृया समेत साउनबाटै शुरु गर्ने जनाएको छ । गणक नियुक्तिसँगै तालिम दिएपछि तत्काल फिल्डमा खटाएर गणना शुरु गर्ने लक्ष्य राखेको छ ।
महामारीको अन्त्य हुन नसके के गर्ने भन्ने विषयमा विभागले सरकारसँग राय माग गर्ने तयारी शुरु गरेको जनाएको छ । दश÷दश वर्षपछि शुरु हुन लागेको राष्ट्रिय जनगणना कार्यक्रमको करिव ८५ प्रतिशत काम सम्पन्न गरिसकेको विभागले जनाएको छ ।

यसअघिको कार्यतालिका अनुसार तालिम गोष्ठीलगायत प्रत्यक्ष जनतासँग सम्पर्क हुनुपर्ने कार्यक्रम भएकाले तत्कालका लागि स्थगित गर्ने तथ्याङक विभागको अनुरोधमा मन्त्रिपरिषद्ले स्थगित गरेको थियो । वैसाख १५ गतेदेखि सुपरीवेक्षकहरुका लागि तालिम दिन शुरु गरे पनि यो तालिम बीचैमा स्थागित भएको थियो । कार्यतालिका अनुसार वैसाख २६ गतेदेखि देशैभरका ४३ हजार गणकहरुलाई तालिम दिने तयारी थियो । गणकलाई तालिम दिएपछि तत्कालै जेठ २५ देखि फिल्डमा पुगेर असार ८ गतेसम्म गणना शुरु गर्ने कार्यतालिका थियो ।

विभागले एक गाउँपालिकामा १० जनासम्म गणक पठाएर गणना गर्नेछ । दश वर्षपछि हुने जनगणना कार्यक्रम मात्र नभएर राष्ट्रिय पर्वको रुपमा लिएर यो कार्यक्रम गर्ने तयारी सरकारको छ ।गोरखापत्र



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)