nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयर कप भलिबल प्रतियोगिता सुरु

Gaeeee-1582253649.png

मकवानपुरको थाहा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ । थाहा नगरपालिकाको आयोजनामा ८ फागुनबाट प्रतियोगिता सुरु भएको प्रतियोगिताको थाहा नगरपालिकाका मेयर लबशेर विष्टले उद्घाटन गर्नुभएको हो । थाहा नगरपालिकाको जनकल्याण माद्यामिक विद्यालयमा सञ्चालन गरिएको प्रतियोगितामा थाहा नगरपालिकाका विभिन्न माद्यामिक तहका विद्यालयहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि विष्टले विद्यार्थीहरुले किताबको शिक्षा मात्र नभै व्यवहारिक शिक्षा पनि लिनु जरुरी रहेको बताउनु भयो । व्यवहारिक शिक्षाको लागि विद्यालयमा अतिरिक्त क्रियाकलाप हुनु पर्ने बताउँनु भयो । आवाज १ हिजो भएको सटपुट प्रतियोगिता अन्तर्गत छात्रतर्फ बज्रबाराही मा.वि.का कृष्ण रुम्बा प्रथम, सुन्दरीदेवी मा.वि.का उद्धव पाख्रिन द्वितिय र झम्केश्वरी मा.वि.का सागर गुरुङ तृतिय भएका छन भने छात्रा तर्फ जनकल्याण मा.वि.का अनिशा पाख्रिन प्रथम, जनकल्याणकै दिपशिखा वाईवा द्वितिय र बागेश्वरी मा.वि.का सजिता लामा तृतिय भएका छन् । हिजो भएको लङ्गजम्प प्रतियोगिता अन्तर्गत छात्र तर्फ जनकल्याणका नवराज गोले प्रथम, बागेश्वरीका रामचन्द्र थोकर द्वितिय र सरस्वतीका देवराज कार्की तृतिय भएका छन् भने छात्रा तर्फ झम्केश्वरीका प्राप्ती तामाङ प्रथम, जनकल्याणका बिपना रुम्बा द्वितिय र बागेश्वरीका विन्दीमाया मुक्तान तृतिय भएका छन् । यस्तै त्रिपलजम्प प्रतियोगितामा छात्र तर्फ जनकल्याणका नवराज गोले प्रथम, जनकल्याणकै आरएस गोपाली द्वितिय र झम्केश्वरीका सागर बल तृतिय भएका छन् भने छात्रा तर्फ जनकल्याणका बिपना रुम्बा प्रथम, जनकल्याणकै पबिता विष्ट द्वितिय र बागेश्वरीका बिन्दीमाया मुक्तान तृतिय भएका छन् ।

४ सय मिटर दौड छात्र तर्फ हिमालयनका सुनिल कार्की प्रथम, नाटेश्वरका शुलभ कुमार शाह द्वितिय र बागेश्वरीका बिकास लो तृतिय भएका छन भने ४ सय मिटर दौड छात्रा तर्फ नाटेश्वरका सुजना वि.क. प्रथम, बागेश्वरीका सुष्मा स्याङ्तान द्वितिय र जनकल्याणका अमिता खत्री तृतिय भएका छन् । १५ सय मिटर दौडमा छात्र तर्फ सुन्दरीदेवी मा.वि.का राजन गोले प्रथम, झम्केश्वरीका सुजिन्द्र वाईवा द्वितिय र जनकल्याणका रोहित गोपाली तृतिय भएका छन् भने छात्रा तर्फ बागेश्वरीका रुबिना बल प्रथम, मत्स्यनारायणका नविना कार्की द्वितिय र जनकल्याणका अमिसा थिङ तृतिय भएका छन् । यस्तै १००ह४ रिलेको छात्र तर्फ जनकल्याण मा.वि. प्रथम, बज्रबाराही मा.वि. द्वितिय र सुनौला मा.वि. तृतिय भएका छन् भने छात्रा तर्फ जनकल्याण प्रथम, सुनौला मा.वि द्वितिय र नाटेश्वर मा.वि. तृतिय भएको आयोजक समितिका सदस्य सचिब तथा जनकल्याण मा.वि.का प्रद्यानाध्यापक सानोभाई कार्कीले जानकारी दिनुभयो ।

थाहा नगरपालिकाका नगरप्रमुख लबशेर विष्टको प्रमुख आतिथ्यतामा सञ्चालित उद्घाटन समारोहमा थाहा नगरपालिका वडा नं ३ का वडाध्यक्ष तथा खेलकुद संयोजक राजेश के.सीको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा नगर उपप्रमुख खड्ग गोपाली, राजनैतिक सल्लाहकार विष्णु विष्ट, प्रदेशका खेलकुद विकास सदस्य माधव तिमल्सिना, लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगिता यहि फागुन १० गते सम्म सञ्चालन हुनेछ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।