Monday, 14th September, 2026
वि.स.

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जनकल्याणलाई १५ स्वर्ण 

Rastapati-Game-1582298603.jpg

मकवानपुर थाहा नगरपालिकाको आयोजनामा संचालन भैरहेको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जनकल्याण मावि १५ स्वर्ण सहित अग्र स्थानमा रहेको छ ।  

त्यसैगरी प्रतियोगितामा सुनौला माविले ४ स्वर्ण पाएको छ भने बागेश्वरी मावि टिष्टुङ र बज्रवाराही माविले ३÷३ स्वर्ण पाएका छन् । ८ फागुनबाट थाहानगरको जनकल्याण मावि र इन्द्रायणी खेल मैदानमा संचालन भैरहेको प्रतियोगितामा हिमालयन बोर्डिङ स्कूल, सरस्वती मावि देउखेल, मत्स्य नारायण मावि, सुन्दरीदेवी मावि र झम्केश्वरी माविले १÷१ स्वर्ण पदक पाएको थाहा नगरपालिका शिक्षा शाखाका देवेन्द्र कार्कीले जानकारी दिए ।  

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताकै अवसरमा थाहानगरमा मेयर कप भलिबल छात्र÷छात्रा प्रतियोगिता पनि संचालन भैरहेको छ । खेलकुद प्रतियोगिता १० फागुनसम्म संचालन हुने आयोजक विद्यालय जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्कीले जानकारी दिए । 

प्रतियोगिता अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम हुने विद्यालयले २० हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाण पत्र तथा दोस्रोलाई नगद १५ हजार र तेस्रो हुने विद्यालयलाई १० हजार नगदसहित शिल्डक, मेडल तथा प्रमाणपत्र पुरस्कार रहेको छ । त्यस्तै मेयरकप भलिबलमा भने प्रथम हुनेलाई नगद १५ हजार दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार रहेको खेल संचालन समितीका सदस्य अनिल लामिछानेले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif