nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राष्ट्रपति कार्यालय कब्जासँगै तालिबानद्वारा युद्ध समाप्तिको घोषणा

taliban-1-1068x711-1629160267.jpg

२० वर्ष लामो गृहयुद्धपछि सत्ता कब्जा गरेको तालिबानले अफगानिस्तानको काबुलस्थित राष्ट्रपति कार्यालय कब्जा गरेसँगै युद्ध सकिएको घोषणा गरेको छ । राष्ट्रपति असरफ घानी देश छोडेर भागेसँगै युद्ध सकिएको घोषणा भएको हो ।

आइतबार राजधानी काबुल कब्जा गरेसँगै तालिबानका राजनीतिक सल्लाहकारले युद्ध समाप्त भएको घोषणा गरेका हुन् । अब लामो समय अफगानिस्तानलाई तनावपूर्ण स्थितिमा राख्न नचाहेको कुरा अन्तर्राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

तनावपूर्ण अवस्था अन्त्य गर्दै नयाँ सरकार गठन गर्ने तालिबानको तयारी छ । तालिबानले बनाएको सरकारलाई अन्तर्राष्ट्रिय मुलुकले मान्यता दिन्छन् या दिँदैनन् भन्ने विषय पनि महŒवपूर्ण रहेको छ । पाकिस्तान, रुस र चीनले मान्यता दिने संकेत दिइसकेका छन् भने अन्य देशले भने निर्णय लिइसकेका छैनन् । अफगानिस्तान सार्कको कान्छो मुलुक पनि हो । सन् २००७ देखि भारतको पहलमा अफगानिस्तान सार्कको सदस्य भएको थियो । चौथो शिखर सम्मेलनदेखि अफगानिस्तान सामेल रहँदै आएको छ । अब यो देशसँग सार्कका सदस्य राष्ट्रको भूमिका कस्तो रहला यसै भन्न सक्ने अवस्था छैन ।

अफगानिस्तानलाई इस्लामिक राष्ट्र घोषणा गर्ने तयारी
अफगानिस्तानको राजधानी काबुल कब्जा गरेसँगै सशस्त्र विद्रोही तालिबानले सरकार निर्माणपछि इस्लामिक राष्ट्र घोषणा गर्ने तयारी गरेका छन् । आइतबार रातिदेखि नै राष्ट्रपति निवासमा अफगान सरकार र तालिबानीका प्रतिनिधिबीच सुरु भएको वार्ता सोमबार बिहानसम्म जारी रहेको बताइएको छ । सो वार्तामा तालिबानीलाई वैधानिक रूपमा सत्ता हस्तान्तरण गर्ने विषयमा कुराकानी भइरहेको अनुमान गरिएको भए पनि यस विषयमा सरकारका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

अफगानिस्तानमा राजधानीतर्फ तालिबानी विद्रोहीहरूले प्रवेश गरेपछि अफगानी गृहमन्त्रीले सरकार शान्तिपूर्ण रूपमा तालिबानीलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका थिए । यता अफगानिस्तानमा रहेका विदेश नागरिक आफैं पनि आफ्नो देश फर्किरहेका छन् । आफ्नो देश फर्कन चाहनेहरूलाई तालिबानहरूले बदलाको भावमा कसैलाई पनि केही नगर्ने बताएका छन् ।

अब कसले सम्हाल्लान् अफगानिस्तानको नेतृत्व ?
तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै अब सत्ता कसले सम्हाल्ला र कस्तो रहला अबको सत्ता भन्ने चासो सर्वत्र छ । अहिले सरकारको नेतृत्वमा रहने दुई जनाको नाम आएको छ । मुल्ला अब्दुल गनी बरादर र हिब्तुल्लाह अखुन्दजादा ।

मुल्ला अब्दुल गनी बरादर तालिबानका संस्थापक नेता हुन् । उनलाई रणनीतिकारको भूमिकामा चिनिन्छ । अमेरिकाले अफगानिस्तानमा सन् २००१ मा आक्रमण गर्दा त्यतिबेला उनी तालिबानको डेपुटी रक्षामन्त्री थिए ।

सन् २०१० फेब्रुअरीमा अमेरिका र पाकिस्तानको संयुक्त अभियानको क्रममा उनी कराँची सहरबाट पक्राउ परेका थिए । अफगानिस्तानको सरकारसँग शान्ति वार्ता हँुदा उनको नाम पहिलो प्राथमिकतामा परेको थियो ।

सन् २०१८ मा कतारमा अमेरिकासँग वार्ता हुँदा उनी तालिबानको पार्टी प्रमुख थिए । उनले अमेरिकासँग वार्ताको समर्थन गरेका थिए । मुल्ला उमरको विश्वासपात्रका रूपमा उनलाई लिइन्थ्यो । उनी जीवित रहँदासम्म तालिबानका लागि आर्थिक कोष जम्मा गर्ने र दैनिक गतिविधिको नेतृत्वमा रहे ।

त्यस्तै, तालिबानका अर्का नेता हिब्तुल्लाह अखुन्दजादा इस्लाम धर्मका विद्वान मानिन्छन् । उनकै कारण आज तालिबान यो ठाउँमा आएको मानिँदै आएको छ । तालिबानको मुख्य गढ क्षेत्र मानिएको अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारका स्थानीय हुन् ।

सन् १९८० को दशकमा उनले तत्कालीन सोभियत संघ (रुस)विरुद्ध अफगानिस्तानको विद्रोहमा कमान्डरको भूमिका निर्वाह गरेका थिए । तर, उनी सैन्य कमान्डरका रूपमा भन्दा एक धार्मिक विद्वानका रूपमा चिनिन्छन् । हिब्तुल्लाह तालिबानका पूर्वप्रमुख अख्तर मोहम्मद मन्सुरको उत्तराधिकारी थिए । मन्सुरको सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा मृत्यु भएको थियो । राजधानीबाट