nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राष्ट्रपतिकपको उद्घाटन राज्यमन्त्री बानियाबाट

सुनौला माध्यमिक विद्यालयको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको सहयोगमा मकवानपुर जिल्ला २ नं. क्षेत्र स्तरिय रास्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता को शुक्रवारबाट सुरु भएको छ । कार्यक्रम उद्घाटन माननीय  सँस्कृति तथा पर्यटन राज्यमन्त्री  इन्द्रबहादुर बानियाले उदघाटन गरेका थिए । 

प्रतियोगितामा १४ बिद्यालयका २४५ छात्र १२८ छात्रा खेलाडीहरुको सहभागिता भएको प्रतियोगितामा छात्र छात्रा भलिबल, कबर्डी, हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर र १५ सय मिटरको दौड, सटपुट, ज्याब्लिङ थ्रो आदि खेलहरु समाबेस गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिताराम गोपालीको अध्यक्षतामा र माधव तिमिल्सिनाको विशेष आतिथ्यतामा भएको उद््घाटन कार्यक्रममा राज्यमन्त्री बानियाले  राजनिती फोहरी हुँदै गएको अहिलेको समयमा खेलुकुद अनुशासित हुनुपर्ने बताए ।

शुक्रबारबाट भएको उक्त खेल शनिबार सम्पन्न हुनेछ ।

निराजन गाेपाली