nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

यूएस बंगला विमान दुर्घटना, उद्दार जारी

bangla_air_crash_VaZeTeLF-1520850710.jpg

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको बीएस २११ कल साइनको एयर क्राफ्टमा भएको आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सेना र वारुण यन्त्रको सहयोगमा करीब  एक घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको हो । विमानबाट  २५ जनाको उद्दार गरिएको समाचार प्राप्त भएको छ । उनीहरुको केएमसी र नर्भिक अस्पतलामा उपचार भइरहेको बताइएको छ । 

 विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना यात्रु सवार  थिए ।   अन्य यात्रुबारे जानकारी  आउन बाँकी रहेको छ । 

बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा अनवेमा चिप्लिएर दुर्घटना भएको नागरिक  विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरे ।  
‘विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना सवार रहेको जानकारी आएको छ ’, उनले रातोपाटीसँग भने, ‘आगलागी भएको जहाजबाट १४ जना यात्रुलाई बाहिर निकालेर उपचारका लागि अस्पताल पठाइएको छ ।’

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । १४ जनाको उद्दार गरिएको छ । अरुको उद्धार जारी छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)