nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

यी कोरोना संक्रमित ६८ दिनपछि 'डिस्चार्ज'

DISCHARGE-3rd-corona-dhan-1626834497.jpg

दार्चुलाका एकजना कोरोना संक्रमित ६८ दिनपछि डिस्चार्ज भएका छन्। जोशी ६८ दिनपछि अस्पतालबाट डिस्चार्ज भएको जोशीका आफन्त रामदत्त जोशीले बताए

दार्चुलाको लेकम गाउँपालिका -५ मैखोलीका इन्द्रदेव जोशी स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । वैशाख २९ गते जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका जोशीको स्वास्थ्य चेकजाँच गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। 

कोरोना देखिएपछि उपचाररत रहेका जोशीलाई अब त बाँचिन्न जस्तो लागेको थियो । उनको भेन्टिलेटर, एचडीयुमा राखेर उपचार गरिएको थियो । पुर्नःजन्मका पाएको भन्दै जोशीले उपचारमा खटिएका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई सम्मानस्वरुप खादाले सम्मान गरेका थिए।

'चिकित्सकले मलाई बचाउनुभयो। आज मैले पुनरजन्म प्राप्त गरे, उनीहरुलाई म हृदयदेखि नै सम्झन र सम्मान गर्न चाहन्छु, जोशीले भने।'



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)