nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

यस्तो छ मिस कलेजको प्रतिभा [हेर्नुहोस् फोटो फिचर]

मिस कलेज हेटौँडाका प्रतिस्पर्धीहरुले २३ कात्तिक मंगलबार हेटौँडामा ट्यालेन्ट अर्थात् प्रतिभा प्रस्तुत गरेका छन् । मंसीर ४ गते हुने फाईनल प्रतियोगिताको मिस ट्यालेन्ट उपाधीका लागि सहभागीबिच प्रतिष्पर्धा गराईएको हो । प्रतियोगितामा सहभागी कक्षा ११ देखि स्नातक तहसम्म अध्ययनरत छात्राले गायन, नृत्य र मन्तव्य कला प्रस्तुत गरेका हुन् । द लुक्स फेसन होमले आयोजना गरेको प्रतियोगितामा ९ जना छात्राको सहभागिता रहेको छ ।

कार्यक्रम द लुक्स फेसन होम, पोखराका प्रबन्ध निर्देशक रविन्द्र बज्राचार्यको अध्यक्षतामा भएको थियो । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका मकवानपुर अध्यक्ष नन्दरत्न स्थापितको बिशेष अतिथ्य रहेको थियो । कार्यक्रममा सुचना तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र प्रधान, कलिउड कला केन्द्रका नृत्य प्रशिक्षक सन्दिप चौधरी र टीभीएस् शो रुम हेटौँडाका सुजित बानियाँ निर्णायक रहनु भएको थियो । कार्यक्रममा मिस एसएलसी क्वीन बिजेता बर्षा थापा, फष्ट रनरअप आस्था श्रेष्ठ, प्रतियोगिताका अफिसियल कोरियोग्राफर तथा मिस कल्चर नेपाल २०१० का बिजेता सुरक्षा गुरुङ्ग, सहयोगीहरु सुजन गौतम, प्रविन रसाईली, मन प्रधान, सविता श्रेष्ठ लगाएतको आतिथ्य रहेको थियो ।

नेतृत्व तथा उत्प्रेरणा बिकास तालिम, महिला सशक्तिकरण, महिला सम्बन्धी कानुनबारे प्रशिक्षण, कोरियोग्राफी प्रशिक्षण, परिचय कला सम्बन्धी तालिम भई सकेको कार्यक्रम संयोजक सुनिल महर्जनले जानकारी दिए । २५ दिने तालिममा फोटोग्राफी, व्यूटी टिप्स, सामाजिक कार्य, ईतिहास र पुरातत्व, व्यबसाय र बैकिङ्ग, कानुन सम्बन्धी तालिम पनि भईसकेको आयोजकले जनाएको छ । सहभागीलाई ४ दिने पोखरा भ्रमण अन्तरगत मिस कलेज पोखरा सिजन २ का प्रतियोगीसँग छलफल समेत गराईएको द लुक्स फेसन होम, पोखराका प्रबन्ध निर्देशक रविन्द्र बज्राचार्यले बताए ।


प्रतियोगिताको बिजेतालाई मिस कलेज हेटौँडा २०१६ को उपाधी सहित नगद पुरस्कार, ५ जिल्लाको प्रतियोगितामा निर्णायक रहने र म्यूजिक भिडियोमा खेल्ने अबसर पाउने द लुक्स फेसन होमका प्रबन्ध निर्देशक बज्राचार्यले बताए । फष्ट रनरअप र सेकेण्ड रनरअपले नगद पुरस्कार, गिफ्ट ह्याम्परहरु पाउनेछन् । त्यस्तै मिस ट्यालेन्ट, डिसीप्लीन, फोटोजेनिक, क्याटवाक, बेष्ट डान्स, पर्सनालिटी, कन्फीडेन्ट, क्रियटिभ, फ्रेन्ड्ली, स्माईल, हेयर, स्कीन लगाएत सव टाईटल बिजेतालाई मायाँको चिनो प्रदान गरिनेछ ।

अन्तिम प्रतिष्पर्धा स्वागत् नृत्य, परिचय, प्रश्न–उत्तर, उत्कृष्ट ७ र उत्कृष्ट ५ जनाबिच उत्तर लेखन गरि पाँच चरणमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको सहयोगीमा हेटौँडाको रिजाल प्लाजामा रहेको अनिया कलेक्सन रहेको छ ।



https://thahatimes.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

surajkhabar@gmail.com

भुजेल स्थानीय विकास र स्थानीय शासन विटमा समाचार लेख्ने मकवानपुर, थाहाका पत्रकार हुन् ।