Wednesday, 26th August, 2026
वि.स.

यस्तो छ तरकारी जोन पालुङको योजना 

Jone-1524392690.jpg

प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई तरकारी जोन पालुङको आयोजनामा एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । जोन संचालक समितिका पदाअधिकारीहरुको उपस्थिती रहेको तर्जुमा गोष्ठीले आगामि आर्थिक वष्ृ संचालन गर्ने कार्यक्रमहरुको विषयमा योजना निर्माण गरेको जोक कार्यालय पालुङका प्रमुख सुजन अम्गाइले जानकारी दिए । 

गोष्ठीले जोन कार्यालयमा अत्याधिक माग भएको मिनि टिलर, पम्प सेट, तथा प्लाष्टिक पोखरीमा बजेट विनियोजन गर्ने निर्णय भएको छ । त्यस्तै आगामि वर्ष माटो परीक्षण शिविर संचालन, पचास प्रतिशत अनुदानमा थोपा सिंचाइ कार्यक्रम, प्लाष्टिक मल्च वितरण, कृषि चुन वितरण तथा चुन ढुवानीमा शतप्रतिशत अनुदान, पचास प्रतिशत अनुदानमा पावर तथा मिनी टिलर वितरण, ८५ प्रतिशत अनुदानमा साना सिंचाइ निर्माण, ८५ प्रतिशत अनुदानमै जि.आइ. पाइपको प्लास्टिक घर निर्माणलगायतको योजना निर्माण भएको प्रमुख अम्गाइले जानकारी दिए ।

जोन पालुङले यो आर्थिक बर्षमा यस परियोजना कार्यान्वयन इकाइमा विनियोजन भएको चालु खर्चको ५ लाख र पुँजीगत खर्चको १५ लाख गरी जम्मा २० लाख रकम विभिन्न कृयालकलाप सम्पादन गर्नको लागि विनियोजन गरिएको थियो । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif