nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

म्याराथमा खत्री अब्बल

नेपाल आर्मीका राजन खत्री हेटौँडा २ मंसीरबाट शुरु भएको खेलकुद तथा व्यापार महोत्सव अन्र्तगतको पहिलो दिन सम्पन्न म्याराथनमा प्रथम भएका छन् । निर्धारित ४२ किलोमीटरको दुरी २ घण्टा ३१ मिनेट ४२ सेकेन्डमा पार गर्दै खत्री प्रथम भए । 

२ मंसीर बिहान मेला स्थल भुटनदेवी मन्दीर परिषरबाट सुरु भएको म्याराथनमा १८ जना राष्ट्रिय खेलाडी सहित २ सय ५० जना धावकलाई पराजित गर्दै आर्मीका खत्रीले हेटौँडामा पहिलो पटक आयोजना भएको म्याराथनमा प्रथम स्थान हाँसिल गरेका हुन् । प्रथम स्थान हाँसिल गरेसँगै उनले नगद ५० हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा नेपाल आर्मीकै नवराज साउदले द्वितिय स्थान हाँसिल गर्न सफल भए । साउदले निर्धा्रित दुरी २ घण्टा, ३४ मिनेट १२ सेकेन्डमा पुरा गरे र नगद २५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । 

म्याराथनको तेश्रो स्थान पनि विभागिय टिमलेनै हात पार्यो । तेश्रो भएका एपिएफका जितेन्द्र राईले निर्धारित दुरी २ घण्टा,३८ मिनेट,४७ सकेन्डमा पार गर्दै नगद १५ हजार जित्दा सान्तवना भने एक अन्तराष्ट्रिय खेलाडी भए । केन्याका गटीया पिटर मंगियाले निर्धा्रित समय २ घण्टा ४१ मिनेट ५६ सेकेन्डमा पुरा गर्दै ५ हजार प्राप्त गर्दा पाचौँ स्थान भने म्याराथन इतिहाँसमानै चेपाङ सम्प्रादयबाट सहभागिता जनाएका चितवनमा विवेक चेपाङ भए । उनले निर्धारित समय ३ घण्टा ३१ मिनेट २७ सेकेन्डमा पुरा गरे ।