nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा दुई गम्भीर घाइते

Accident-1477980290.jpg

पूर्वपश्चिम राजमार्ग अन्तर्ग हेटौँडा–मनहरी खण्डमा पर्ने मनहरी ८ खरंगामा मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा दुईजना गम्भीर घाइते भएका छन् । केहीबेर अघि भएको घटनामा परी मोटरसाइकल चालक युवक र सँगै यात्रारत एक युवती गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेटौँडा पठाइएको प्रत्यक्षदर्शी बिनोद सुवेदीले जनाएका छन् ।

घाइतेहरुको पहिचान खुल्न सकेको छैन । नारायणगढतर्फबाट हेटौँडातर्फ गइरहेको ना ४१ प १४३१ नम्बरको मोटरसाइकलले खरंगास्थित मन्दिरनजिकैको मोडमा बिपरित दिशातर्फबाट आइरहेको एम्बुलेन्सलाई ठक्कर दिएको थियो ।

ठक्करबाट एम्बुलेन्स र मोटरसाइकल दुबैमा क्षति पुगेको छ । घटनाबारे बिस्तृत बिबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्रहरी नियन्त्रण कक्षले जनाएको छ ।



https://thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com