Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मेयरलाई भेट्न आउँदा ‘हाफ पाइन्ट’ लगाउन निषेध

कीतिपुर नगरपालिकाले मेयर भेट्न आउनेलाई हाफ पाइन्ट तथा भड्किलो लुगा निषेध गरेको छ । नगरपालिकाले भेटघाटलाई शिष्ट बनाउन मर्यादित पोशाक लगाएर आउन अनुरोध गरेको छ ।

नगरपालिकाले पोसाकसँगै व्यक्तिगत कामका लागि भेट्न आउनेलाई २ बजेपछि समय तोकेको छ । हाफ पाइन्ट तथा भड्किलो लुगा लगाएर आउने क्रम बढेपछि यस्तो सूचना निकाल्नुपरेको नगरप्रमुख रमेश महर्जनले बताए । यो समाचार कान्तिपुर दैनिकमा छ ।