nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मुक्तिनाथको "झ्याई पारौं यसपाली"सार्वजनिक (भिडियो सहित)

Screenshot_20181207-10374-1544159298.png

"टिष्टुङ पालुङ गाउँ" बोलको गीतबाट सांगेतिक यात्रा सुरु गरेका थाहा नगरपालिका वडा नं ६ निवासी स्थानिय गायक मुक्तिनाथ उप्रेतीको नयाँ गीतको भिडियो आधिकारिक रुपमा युट्युवमा सार्वजनिक भएको छ । मंसिर महिनाको माहोल चलिरहँदा उनले आफ्नो "झ्याई पारौं यसपाली" बोलको गित र भिडियो आधिकारिक रुपमा बुढा सुब्बा डिजिटल प्रा.लि. को युट्युव च्यानलमा सार्वजनिक गरेका हुन् । जानुका अधिकारीको प्रस्तुतिमा मुक्तिनाथ उप्रेती र जानुका अधिकारीको स्वर रहेको उक्त गीतमा उप्रेती आफैको शब्द र लय रहेको छ । उनले यस भिडियोमा आफ्नै नगरपालिकाको गोरखनाथ मन्दिर र गाउँवेशीको सुन्दरलाई समेत समेतेका छन ।


थाहा नगरपालिका वडा नं ६  बज्रबाराही अैलाखमा जन्मिएका उप्रेतीले सांगेतिक यात्रालाई अङ्गाल्दै टिष्टुङ पालुङ (थाहा नगर) लाई नै आफ्नो कर्मथलो बनाएका हुन ।


उनको हालसम्म १० वटा गीत रेकर्ड भैसकेको छ भने केहि गीत भिडियोहरु बजारमा आउन बाँकी छ्न । उनले २ वटा फिल्ममा संगीत र स्वर दिएका छन भने त्यो आउन बाँकी नै रहेको छ ।

उनले कोमल वली संग गीत गाएर पनी आफ्नो सांगेतिक यात्रालाई थप सफल बनाएका छन । कोमल वलीसंग "जवानी चढ्यो झन चन्चल भयो मन" र सारै राम्री रुपकी धनी" गाएर निक्कै नै चर्चा कमाए । उनको "मायाको बिज्ञापन" डान्सिङ संग "गोरी हे गोरी" पनि आउने तयारीमा रहेको छ ।


भिडियो हेर्न यहा क्लिक गर्नुहोस् 

 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।