nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मुक्तिनाथको “यता नाता टुटाएर उता नाता गास्यौ” रिलिज ( भिडियो सहित )

65812807_325321038377508_-1562394462.png

गायक मुक्तिनाथ उप्रेतीको नयाँ गीत रिलिज भएको छ । “यता नाता टुटाएर उता नाता गास्यौ” रिलिज भएको हो । मेलिना राई र मुक्तिनाथ उप्रेतीको स्वरमा सजिएको रुवाउने गित मुक्तिनाथ उप्रेतीको आफ्नै युट्युव च्यानल मार्फत शुक्रबार सार्वजनिक गरेको हो । आधुनिक तिग संगै लोक दोहोरी गाएर सांगितिक यात्रामा चर्चा कमाएको उप्रेतीको यो अर्को गीत हो । गितमा शब्द सिर्जना र संगित उप्रेती स्वयमले गरेका हुन । 

“टिष्टुङ पालुङ गाउँ“ बोलको गीतबाट सांगेतिक यात्रा सुरु गरेका थाहा नगरपालिका वडा नं ६ निवासी स्थानिय गायक मुक्तिनाथ उप्रेतीले ’झ्याई पारौं यसपाली’, ’जवानी चढ्यो झन चन्चल भयो मन’, ’सारै राम्री रुपकी धनी’ र “गोरी हे गोरी“ गाएर निक्कै नै चर्चा कमाइसकेका छन् । उनको “मायाको बिज्ञापन“ पनि आउने तयारीमा रहेको छ । थाहा नगरपालिका वडा नं ६ बज्रबाराही अ‍ैलाखमा जन्मिएका उप्रेतीले सांगेतिक यात्रालाई अङ्गाल्दै टिष्टुङ पालुङ (थाहा नगर) लाई नै आफ्नो कर्मथलो बनाएका हुन ।

उनको हालसम्म दर्जनौ गीत रेकर्ड भैसकेको छ भने केहि गीत भिडियोहरु बजारमा आउन बाँकी छ्न । उनले २ वटा फिल्ममा संगीत र स्वर दिएका छन भने त्यो आउन बाँकी नै रहेको छ । उनले कोमल वली संग गीत गाएर पनी आफ्नो सांगेतिक यात्रालाई थप सफल बनाएका छन ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।