Thursday, 27th August, 2026
वि.स.

मिस हिमालय नेपालको अडिसन सुरु

मिस हिमालय नेपाल २०१८ को प्रथम अडिसन प्रदेश नं ३ को राजधानी हेटौंडाबाट सुरु भएको छ । कथा इभेन्टस् को आयोजनामा हुन लागेको मिस हिमालय नेपालको दोश्रो चरणका लागि हेटौंडाबाट ४ जना छनोट हुनुभएको छ । हेटौंडा अडिसनबाट रिजा महर्जन , रोशनी तामाङ , अंजली रसाइली र अघिल्लो चरणको लागि छनौट हुनुभएको छ ।

हेटौंडाको होटल लिडो इनमा भएको अडिसनलाई स्थानीय आयोजकको रुपमा नवक्षितिज कला केन्द्रले व्यवस्थापन गरेको थियो । हेटौंडा अडिसनमा उल्लेख रुपमा प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो ।

देशका विभिन्न ८ सहरहरुको अडिसनबाट प्रतियोगीहरु छनौट गरि दोश्रो चरणको लागी काठमाडौ लैजान तयारी आयोजकको रहेको छ ।
मिस हिमालयको ग्राण्ड फिनाली भद्र ९ गते काठमाडौमा हुनेछ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif