Tuesday, 20th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

माछा मासु व्यवसायी संघद्वारा मामाघरलाई सहयोग

विगत लामो समय देखि हेटौँडालाई सडक बालबालिका मुक्त सहर बनाउने अभियानमा सकृय मामाघर नेपाल मकवानपुरलाई माछा मासु व्यवसायी संघ, मकवानपुरले आर्थिक सहयोग गरेको छ । 

संघका अध्यक्ष शान्तकी खड्गीबाट १ ट्रिप गिट्टि, वरिष्ठ उपाध्यक्ष बिनोद शाहीबाट १० बोरा सिमेन्ट र उपाध्यक्ष सुवास खड्गीबाट २ ट्रिप बालुवा गरी जम्मा बीस हजार रुपियाँ बराबरको सहयोग गरेको जनाइएको छ । 

मामाघर नेपालको बालमैत्री भवन निर्माणको लागी संघका महासचिव नारायण राजथला र कोषाध्यक्ष चन्द्र शाहीको रोहवरमा मामाघर नेपालका सचिव देवराज लामिछानेलाई हस्तान्तरण गरिएको मामाघर नेपालका अनिल अधिकारीले जानकारी दिए ।

 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg